२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भन्सारको सर्भर डाउन: ३ दिनदेखि नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेनन्

२४ जेष्ठ २०८२, शुक्रबार १२:३६

काठमाडौँ । तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन भएको छ । भन्सारको सर्भरमा समस्या हुँदा भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेका छैनन् । भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन दिनदेखि सर्भरमा समस्या रहेको बताए ।

उनका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वर्ल्ड सफ्टवेयर समय–समयमा डाउन हुने गरेकाले माल वस्तु जाँच पासमा व्यवधान भएको छ । उनले भने, ‘सर्भर डाउन भएर काम नै नभएको भन्ने होइन । सर्भर डाउन हुँदै खुल्दै गरेकाले चाँडो काम हुन सकेको छैन । सर्भरले सबै सिस्टमलाई धान्न नसक्दा सर्भरमा समस्या आएकाले केही सवारी साधनहरूमा आएको मालवस्तु भन्सार पास हुन थोरै समय लागेको अवस्था हो ।’

भन्सारको सर्भर विगत तीन दिनदेखि बन्द भएकाले भारतीय मालवाहक ट्रकहरूले नेपाल प्रवेश गर्न नसक्दा सुनौली नाकामा भारतीय ट्रक लाइन लागेका छन्। सूचना अधिकारी चौधरीले भन्सार कार्यालयले सकेसम्म छिटो काम गर्ने तयारी रहेको बताए । उनले बजेटमार्फत भन्सारका दरहरू हेरफेर भएकाले पनि भन्सार जाँच पासमा ढिलाइ भएको जानकारी दिए । उनले भैरहवा भन्सारमा मात्रै नभएर देशभरका भन्सार कार्यालयहरूमा नयाँ भन्सार दर कायम भएकाले थोरै समस्या देखिएको बताए ।

भैरहवा भन्सारबाट हरेक दिन ३०० बढी ट्रक पास हुने भए पनि सर्भर डाउन हुँदा १०० वटा ट्रक पनि नेपाल प्रवेश गर्न सकेका छैनन् । तर यता भन्सार विभागका सूचना अधिकारी कमलकुमार भट्टराईले भन्सार सर्भरमा कुनै समस्या नभएको बताए । उनले भन्सार सर्भर पनि अपडेट नभएकाले खासै समस्या नआएको भन्दै आए पनि प्राविधिक टिमले तत्काल बनाउने र काम नरोकिने गरेको बताए ।

नेपाल सरकारले व्यापार प्रवर्द्धनका लागि लेटर अफ क्रेडिट (एलसी) पूर्ण रूपमा हटाएको छ । यो निर्णयले साना तथा ठुला व्यापारीहरूमा उत्साह भएर भारतबाट ठुलो परिणाममा सामान आयात गर्न थालेका छन् । त्यसले पनि भन्सारमा ट्रक जाम लागेको देखिन्छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले आयात निर्यात गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैङ्क ग्यारेन्टीको व्यवस्था खारेज गरेको छ ।

अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरणमा भन्सार विन्दुमा महसुल सङ्कलन गरे पश्चात् नेपालभित्र यात्रा गर्दा सङ्घ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुर वा अन्य कुनै महसुल असुल उपर गर्न नपाइने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ