२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भन्सारको सर्भर डाउन: ३ दिनदेखि नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेनन्

२०८२, २४ जेष्ठ शुक्रबार १२:३६

काठमाडौँ । तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन भएको छ । भन्सारको सर्भरमा समस्या हुँदा भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेका छैनन् । भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन दिनदेखि सर्भरमा समस्या रहेको बताए ।

उनका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वर्ल्ड सफ्टवेयर समय–समयमा डाउन हुने गरेकाले माल वस्तु जाँच पासमा व्यवधान भएको छ । उनले भने, ‘सर्भर डाउन भएर काम नै नभएको भन्ने होइन । सर्भर डाउन हुँदै खुल्दै गरेकाले चाँडो काम हुन सकेको छैन । सर्भरले सबै सिस्टमलाई धान्न नसक्दा सर्भरमा समस्या आएकाले केही सवारी साधनहरूमा आएको मालवस्तु भन्सार पास हुन थोरै समय लागेको अवस्था हो ।’

भन्सारको सर्भर विगत तीन दिनदेखि बन्द भएकाले भारतीय मालवाहक ट्रकहरूले नेपाल प्रवेश गर्न नसक्दा सुनौली नाकामा भारतीय ट्रक लाइन लागेका छन्। सूचना अधिकारी चौधरीले भन्सार कार्यालयले सकेसम्म छिटो काम गर्ने तयारी रहेको बताए । उनले बजेटमार्फत भन्सारका दरहरू हेरफेर भएकाले पनि भन्सार जाँच पासमा ढिलाइ भएको जानकारी दिए । उनले भैरहवा भन्सारमा मात्रै नभएर देशभरका भन्सार कार्यालयहरूमा नयाँ भन्सार दर कायम भएकाले थोरै समस्या देखिएको बताए ।

भैरहवा भन्सारबाट हरेक दिन ३०० बढी ट्रक पास हुने भए पनि सर्भर डाउन हुँदा १०० वटा ट्रक पनि नेपाल प्रवेश गर्न सकेका छैनन् । तर यता भन्सार विभागका सूचना अधिकारी कमलकुमार भट्टराईले भन्सार सर्भरमा कुनै समस्या नभएको बताए । उनले भन्सार सर्भर पनि अपडेट नभएकाले खासै समस्या नआएको भन्दै आए पनि प्राविधिक टिमले तत्काल बनाउने र काम नरोकिने गरेको बताए ।

नेपाल सरकारले व्यापार प्रवर्द्धनका लागि लेटर अफ क्रेडिट (एलसी) पूर्ण रूपमा हटाएको छ । यो निर्णयले साना तथा ठुला व्यापारीहरूमा उत्साह भएर भारतबाट ठुलो परिणाममा सामान आयात गर्न थालेका छन् । त्यसले पनि भन्सारमा ट्रक जाम लागेको देखिन्छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले आयात निर्यात गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैङ्क ग्यारेन्टीको व्यवस्था खारेज गरेको छ ।

अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरणमा भन्सार विन्दुमा महसुल सङ्कलन गरे पश्चात् नेपालभित्र यात्रा गर्दा सङ्घ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुर वा अन्य कुनै महसुल असुल उपर गर्न नपाइने व्यवस्था गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार