२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा ४ जना नेपाली घरभित्रै मृत भेटिए

२५ जेष्ठ २०८२, शनिबार १२:४७

काठमाडौँ | अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा ४ जना नेपाली मृत फेला परेका छन् । प्रहरीका अनुसार एकै घरका उनीहरु घरभित्रै मृत फेला परेका हुन् । मृत्यु हुनेमा सन्तोष परियार (३८), अञ्जु श्रेष्ठ (३६) र उनका दुई सन्तान ८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन् ।

घटना बिहीबार राति पौने ११ बजेको हो । घरको तल्लो तलामा बस्ने उनीहरुसँग सम्पर्क हुन छाडेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जाँच गर्दा चारै जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ ।

‘हालसम्मको अनुसन्धानबाट हेर्दा यो घटना हत्या गरेर आत्महत्या गरिएको हुन सक्ने देखिएको छ’, मनासस पार्क प्रहरीले भनेको छ । तर, कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन ।

छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब ६ महिनाअघि मात्र उक्त घरमा भाडामा सरेका थिए र उनीहरू नेपाली मूलका थिए । परिवार घरको तल्लो तलामा बस्दै आएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव