२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सैलुङ अल्ट्रा रेस’ यसै साता

२७ जेष्ठ २०८२, सोमबार १६:५०

काठमाडौँ । सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिको आयोजना तथा एथलेटिक्स परिवार नेपालको समन्वयमा तेस्रो संस्करणको ‘सैलुङ अल्ट्रा रेस’ यसै सातादेखि हुने भएको छ ।

यही जेठ ३१ गतेदेखि रामेछापमा आयोजना हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ खुल्ला ५५ किलोमिटर दौड र पाँच किलोमिटर दौड सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक एवं सुनापति सैलुङ अल्ट्रा म्याराथन दौड समितिका अध्यक्ष लालबहादुर मगरले जानकारी दिए ।

उक्त अल्ट्रा दौड प्रतियोगिता सुनापाति–३ साँदी डाँडाबाट सुरु भई सुनापाति डाँडा, लहरे माने, भागे डाँडा, खाँडादेवी मन्दिर, गाल्पा भन्ज्याङ, अग्लेश्वर डाँडा, दोरम्बा बजार, सहिदपार्क, डाँडा कटेरी, घले डाँडा, दोरम्बा सैलुङ हुँदै वडा नं १ सैलुङमा आएर सम्पन्न हुनेछ ।

प्रतियोगितामा ५५ किलोमिटर दौडमा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीलाई रु एक लाख तथा दोस्रो हुने खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछ भने चौथोले रु १० हजार तथा पाँचौँ हुने खेलाडीले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा करिब एक सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै