२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन

२०८२, २७ जेष्ठ सोमबार २२:१६

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।

नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो ।

उहाँको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।

नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उहाँको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताउनुभएको थियो । उहाँको आजै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट