२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति

२०८२, २८ जेष्ठ मंगलवार १७:४०

काठमाडौं । नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको नेतृत्वमा ग्रामीण विकास प्रतिष्ठानको नयाँ कार्य समिति गठन भएको छ ।

उक्त कार्य समितिका उपाध्यक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मी, महासचिवमा वरिष्ठ अधिवक्ता तथा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता सुरेन्द्र महतो, कोषाध्यक्षमा अधिवक्ता सरस्वती डंगोल चयन हुनुभएको छ ।

सदस्यहरूमा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठक, वरिष्ठ अधिवक्ता पुष्पा भुसाल, वरिष्ठ मानव अधिकारकर्मी डा. इन्दीरा श्रेष्ठ, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व डिन कर्ण थापा र नेपाल सरकार वन विभागका पूर्व महानिर्देशक मनबहादुर खड्का सर्वसहमतीले चयन हुनुभएको छ ।

ग्रामीण विकास प्रतिष्ठानले विगत ३० वर्षदेखि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरी कानुन निर्माण, कानुन निर्माणमा सरोकारवालाहरूको सहभागिता, क्षमता अभिबृद्धि कार्यक्रम, न्यायमा पहुँचलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले आगामी दिनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरी कानुन निर्माण, मानव अधिकार, समावेशी, कानुनी शासन, जनवायु परिवर्तनका क्षेत्रहरूमा सक्रिय कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार