३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

३२ जेष्ठ २०८२, शनिबार १४:२५

काठमाडौँ | भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती गरिएको छ । प्रदेश सरकारबाट प्राप्त रु सात लाख र किसानसँगको साझेदारीमा रामप्रसाद राई गाउँपालिकामा कफीखेती सुरु गरिएको हो ।

नमूना कफीखेती विस्तार गर्ने लक्ष्यले गुराँस सहकारी संस्थामा आबद्ध आठ जना कृषकहरुको समूहले दुई हजार दुई सय बिरुवा रोपेर कफीखेती सुरु गरेको वडा नं ८ का अध्यक्ष बाचकुमार राईले जानकारी दिनुभयो । यो क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल रहेकोले वडाको पहलमा बजेट माग गरी कफीखेती प्रवर्द्धन तथा विस्तार भइरहेको वडाध्यक्ष राईले बताउनुभयो ।

वडाध्यक्ष राईले भन्नुभयो, “खोक्सिक क्षेत्र कफीखेतीका लागि उपयुक्त भूगोल मानिन्छ । कृषकलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ ।”

विगतमा सामान्य रुपमा कफीखेती गरिरहेको भए पनि यो कार्यक्रमले बृहत रुपमा खेती विस्तारमा टेवा पुगेको गुराँस सहकारी संस्थाका उपाध्यक्ष मनोज राईले बताउनुभयो ।

“हाम्रो क्षेत्रमा सामन्य रुपमा कफीखेती गरिरहेका थियौँ”, उहाँले भन्नुभयो, “धेरै मात्रामा विस्तार गर्ने सोच भए पनि आर्थिक अभावमा गर्न सकिएको थिएन । कार्यक्रम सञ्चालन भएपछि हामीलाई खेती विस्तारको लागि हौसला मिलेको छ ।”

रामप्रसाद राई गाउँपालिकासँगै हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानहरुले कफीखेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर काठमाडाँै हुँदै जापान, कोरियासम्म निर्यात हुने गरेको कफी व्यवसायी सुनिल श्रेष्ठले बताउनुभयो ।

अर्गानिक (जैविक) कफीको विदेशी बजारमासमेत माग रहेको उहाँको भनाइ छ । भोजपुरमा उत्पादन भएको कफी सङ्कलन गरेर बाहिरका बजारमा आफूले बिक्री गर्दै आएको श्रेष्ठले जानकारी दिनुभयो । कफीले बाह्य बजारमा राम्रो मुल्य पाउन थालेपछि यहाँका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन् ।

२२ जना सम्मानित

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माले वडाको विकासमा सहयोग पु¥याउने २२ जना नागरिकलाई सम्मान गरेको छ । वडाले ‘समृद्ध वडा’ निर्माणका लागि विभिन्न क्षेत्रबाट पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो ।

वडाको विकासका लागि विभिन्न संरचना निर्माणको गर्न निःशुल्क जग्गा दान गर्ने, वडाको सडक निर्माणमा आर्थिक सहयोग गर्ने, शिक्षा ,स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकासमा सहयोग गर्ने उनीहरु सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको वडा नं १ तिम्मा वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो ।

“उहाँहरुले विभिन्न क्षेत्रबाट वडाको विकासका लागि सहयोग पु¥याउनु भएको छ”, वडाध्यक्ष राईले भन्नुभयो, “यहाँको विकासका लागि उहाँहरुले निस्वार्थ रुपमा गरेको सहयोगको कदर स्वरुप वडाको तर्फबाट सम्मान गरेका हौँ । स्थानीयको सहयोगले नै यो वडाको विकासलाई अघि बढाउन सहजता भएको छ ।”

गाउँपालिकाले लिएको ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार ः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारालाई सफल गराउन स्थानीय नागरिकबाट भएको सहयोगको कदर स्वरुप गाउँपालिका उपाध्यक्ष रमादेवी राईको उपस्थितमा सम्मान गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’