२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बलात्कार मुद्दामा इन्जिनियर पोखरेललाई सफाइ, यौन दुर्व्यवहारमा दोषी ठहर

२०८२, १ असार आईतवार १२:२१

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जबरजस्ती करणीको आरोपमा जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले बलात्कारको अभियोग पुष्टि नहुने ठहर गर्दै उनलाई उक्त कसुरबाट सफाइ दिएको हो।

यद्यपि, अदालतले पोखरेललाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। पीडित युवतीले पोखरेलमाथि पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने क्रममा आफूमाथि ती घटनाहरू घटेको उनले बताएकी हुन्।

मुद्दा २०८० साल असोज ६ गते अदालतमा दर्ता भएको थियो। त्यसपछि सोही वर्ष असोज १३ गते पोखरेललाई पक्राउ गरिएको थियो। कात्तिक २० गते भने न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो समयदेखि मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको थियो। अन्ततः ४४ औँ पटकको पेसीमा अदालतले शुक्रबार फैसला सुनाएको हो।

फैसलापछि पीडितले आफ्नो असहमति जनाउँदै माथिल्लो अदालत जाने तयारी गरेको बताएकी छन्। उनका अनुसार घटनामा बलात्कार प्रयास नभई पूर्णरूपमा बलात्कार नै भएको थियो। शारीरिक प्रमाण नभए पनि पीडितको भनाइलाई मुख्य आधार मान्नुपर्नेमा आफ्नो बयानलाई अदालतले पर्याप्त विश्वास नगरेको, उनको टिप्पणी छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण