२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बलात्कार मुद्दामा इन्जिनियर पोखरेललाई सफाइ, यौन दुर्व्यवहारमा दोषी ठहर

१ असार २०८२, आईतवार १२:२१

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई जबरजस्ती करणीको आरोपमा जिल्ला अदालत काठमाडौँले सफाइ दिएको छ। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले बलात्कारको अभियोग पुष्टि नहुने ठहर गर्दै उनलाई उक्त कसुरबाट सफाइ दिएको हो।

यद्यपि, अदालतले पोखरेललाई यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। पीडित युवतीले पोखरेलमाथि पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने क्रममा आफूमाथि ती घटनाहरू घटेको उनले बताएकी हुन्।

मुद्दा २०८० साल असोज ६ गते अदालतमा दर्ता भएको थियो। त्यसपछि सोही वर्ष असोज १३ गते पोखरेललाई पक्राउ गरिएको थियो। कात्तिक २० गते भने न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। सो समयदेखि मुद्दाको सुनुवाइ पटक–पटक स्थगित हुँदै आएको थियो। अन्ततः ४४ औँ पटकको पेसीमा अदालतले शुक्रबार फैसला सुनाएको हो।

फैसलापछि पीडितले आफ्नो असहमति जनाउँदै माथिल्लो अदालत जाने तयारी गरेको बताएकी छन्। उनका अनुसार घटनामा बलात्कार प्रयास नभई पूर्णरूपमा बलात्कार नै भएको थियो। शारीरिक प्रमाण नभए पनि पीडितको भनाइलाई मुख्य आधार मान्नुपर्नेमा आफ्नो बयानलाई अदालतले पर्याप्त विश्वास नगरेको, उनको टिप्पणी छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव