२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘छोरी काखामा, बचत खातामा’

२०८२, १३ असार शुक्रबार १२:३९
काठमाडौं ।  कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेका बालबालिकाको उद्धार तथा संरक्षणका लागि गाउँपालिकामा एक बाल संरक्षण तथा स्याहार केन्द्र स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको समेत अध्यक्ष ओझाले बताउनुभयो ।
पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । बाल विवाह, बाल हिंसा, लागु पदार्थ दुर्व्यसनी तथा दुर्व्यवहारलगायतका सामाजिक कुरीतिविरुद्ध नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिने उहाको भनाइ छ ।
बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि आधार वर्षका रुपमा दिई २०८२ साल भदौ २९ गते घोषणा गर्ने गरी स्थानीय बाल अधिकार समिति, वडास्तरीय बालअधिकार समिति, गाउँपालिका र वडास्तरीय बाल सञ्जालको गठन, पुनर्गठन, अभिमुखीकरण तथा परिचालनका साथै निर्धारित सूचकमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै