३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘छोरी काखामा, बचत खातामा’

१३ असार २०८२, शुक्रबार १२:३९
काठमाडौं ।  कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेका बालबालिकाको उद्धार तथा संरक्षणका लागि गाउँपालिकामा एक बाल संरक्षण तथा स्याहार केन्द्र स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको समेत अध्यक्ष ओझाले बताउनुभयो ।
पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । बाल विवाह, बाल हिंसा, लागु पदार्थ दुर्व्यसनी तथा दुर्व्यवहारलगायतका सामाजिक कुरीतिविरुद्ध नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिने उहाको भनाइ छ ।
बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि आधार वर्षका रुपमा दिई २०८२ साल भदौ २९ गते घोषणा गर्ने गरी स्थानीय बाल अधिकार समिति, वडास्तरीय बालअधिकार समिति, गाउँपालिका र वडास्तरीय बाल सञ्जालको गठन, पुनर्गठन, अभिमुखीकरण तथा परिचालनका साथै निर्धारित सूचकमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही