१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्द्धनमा जोड

२० असार २०८२, शुक्रबार १७:०८
काठमाडौँ । युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्द्धन गर्न युवाले जोड दिएका छन् ।
सहभागीहरूले राष्ट्रिय युवा परिषद्को स्थापनासँगै २०७५ साल चैतको ३० गतेको कार्यकारी बैठकले समग्र विकासलाई सकारात्मक परिणाम दिन तीनै तहका शासन प्रक्रियामा युवाको अर्थपूर्ण संलग्नता आवश्यक प्रणालीमा जोड्न, उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न तथा नीति कार्यक्रम बजेट र कार्यान्वयन युवालाई संलग्न गराउन माग गरेका छन् ।
नेपालको संविधान राष्ट्रिय युवा नीति युथ भिजन दिगो विकास लक्ष्य राष्ट्रका योजना राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनलाई जोड दिँदै युवा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले युवामैत्री शासन प्रणालीको सुरुआत गरिएको जानकारी गराउँदै युवामैत्रीमा लगानी गर्न जोड दिइएको हो ।
राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक डा दीपेश घिमिरेले स्थानीय सरकारको नीति कार्यक्रम र बजेटमा युवा सहभागिता सुनिश्चित गर्न युवामैत्री स्थानीय शासन जरुरी रहेको बताउनुभयो ।
छयालिस सूचक भएको युवामैत्री शासनमा नीति निर्माण र कार्यान्वयनमा युवा संलग्नता सम्बन्धी १० वटा सूचक युवासँग सरोकारका विषयवस्तु सम्बन्धित २१ वटा सहभागिता र नेतृत्वसम्बन्धी सातवटा विशेष वर्ग तथा समुदायका युवासम्बन्धी आठ सूचक रहेको बताउँदै विभिन्न मन्त्रालय निकाय र निजी क्षेत्र सबैलाई समेटेर युवामैत्री शासन प्रवद्र्धन गर्न सकिने सहभागीले बताएका थिए ।
जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, अधिकारकर्मी मीना शर्माले कार्यपत्रमाथि टिप्पणी गर्दै मानसिक स्वास्थ्य वैकल्पिक स्याहारबाट हुर्केका युवा ‘डिप्रेसन’मा परेका युवा जोखिममा परेका युवाको सन्दर्भमा तथा मानसिक स्वास्थ्य, जलवायु शासन, सामाजिक सुरक्षा र समावेशिताका विषयलाई थप व्यवस्थित गर्न सूचकमा थप सुधार गर्न जरुरी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा युएनडिपीका विनीता कार्की, बिट्रिस काउन्सिलका केवल श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का पूर्वसदस्य तिलोत्तम पौडेल र बालमैत्री अभियानकर्मी अशोक खनालले युवामा लगानी बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै युवामैत्री लगानीको वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको थियो ।
यसैगरी, गाउँपालिका महासङ्घ विकासका साझेदार संस्था परिषद्का सदस्यसहित ४० भन्दा बढी सहभागी कार्यक्रममा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामा लगानी बढाउनाले नै मुलुकको समृद्धि हुने बताउनुभयो ।
युवा नीति युथ भिजन राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप युवामैत्री शासनलाई अगाडि बढाउनेमा सबैको साथ र सहयोग जरुरी भएको बताउँदै बस्नेतले सबैलाई सहयोग गर्न र युवामैत्री शासनलाई स्थापित गर्न सहयोग पु¥याउन अपिल गर्नुभयो ।
परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले कार्यक्रमबारे जानकारी दिँदै राष्ट्रिय युवा परिषद्ले युवाको हकहित तथा अधिकारका निम्ति उपलब्ध स्रोतसाधनअनुरूप काम गरेको जनाउँदै सबैलाई सहकार्यका निम्ति अनुरोध गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल