२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

२१ असार २०८२, शनिबार १५:३४
यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ ।
जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुनुहुन्छ । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ ।
उहाँहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो । चौतारामा जनै बनाउन व्यस्त देखिने उहाँहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरेका छन् ।
सिक्न र जान्न चाहने जो कोहीलाई आफूले सकेसम्म बुझाएर सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताउनुुभयो । राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उहाँको भनाइ छ । आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पु¥याउने उहाँहरूो लक्ष्य छ ।
अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउनका लागि सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ । सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उहाँले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिनुुभयो । यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा पार्ने गरिन्छ । शिखालाई ‘ब्रम्ह ग्रन्थी’ भन्ने गरिन्छ । जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने उहाँले जानकारी दिनुुभयो ।
जनै लगाइसकेपछि नियमपूर्वक बनाएर संस्कार गरिएका मात्रै लगाउनुपर्ने बताउँदै उहाँले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुुभयो ।
“मेरो नौ वर्षको उमेरमा ब्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु”, उहाँले भन्नुुभयो, “सुरुमा बुबाबाट सिकेको जनै बनाउने सीप १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु ।” आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उहाँको भनाइ छ ।
अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताउनुहुन्छ ।
नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उहाँले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुुभव सुनाउनुुभयो । नियम पु¥याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उहाँको भनाइ छ । पछिल्ला पुस्तामा जनै बनाउने सीपको पुस्तान्तरण हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुुभयो ।
६७ वर्षीय कृष्णराज अधिकारी आमासँग सानो उमेरमा किला गाडेर जनै बनाएका धेरै अनुुभव रहेको सुनाउनुुहुन्छ । जनै लगाउनेले बाटेर बनाइएका जनै नै लगाउनुु उपयुक्त हुने उहाँको सुझाव छ । हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्दै यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुुभयो ।
संस्कार र संस्कृतिलाई भावी पुुस्तासम्म पुस्तान्तरण गर्दै जानसकेमा हाम्रा सांस्कृतिक रीतिरिवाज र परम्पराको जगेर्ना हुने गुुरुप्रसाद पौडेलको भनाइ छ । नियमपूर्वक बनाएर विधिपूर्वक संस्कार गरिएका जनैको आफैँमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई सीप सिकाउँदै सकेसम्म नियमपूर्वक बाटिएका जनै लगाउन अभिप्रेरित गर्नुुपर्ने धारणा राख्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता