२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

२०८२, २१ असार शनिबार १५:३४
यस वर्ष जनैपूर्णिमा साउनको २४ गते परेको छ । जनैपूर्णिमा आउन एक महिनाभन्दा बढी समय बाँकी नै रहँदा पोखरा महानगरपालिका वडा नं ३२ का ८० वर्षीय कृष्णप्रसाद अधिकारीसहित यहाँका चार जना ज्येष्ठ नागरिकलाई भने यतिखेर जनै बनाउन भ्याइनभ्याइ छ ।
जनै बनाउने सीप पछिल्ला पुस्तामा पुस्तान्तरण नभएको चिन्ता गर्ने ८० वर्षीय कृष्णप्रसादसहित यहाँका ७० वर्षीय गुरुप्रसाद पौडेल, ६९ वर्षीय गोविन्द कोइराला र ६७ वर्षीय कृष्णराज अधिकारी दिउँसो एकै स्थानमा बसेर नियमपूर्वक जनै बनाउनमा व्यस्त हुनुहुन्छ । नियमपूर्वक बाटिएका जनै जनैपूर्णिमाको दिन विधिपूर्वक संस्कार गरेपछि मात्रै लगाउने प्रचलन छ ।
उहाँहरूले जनै बनाउनका लागि दिउँसो जम्मा हुने ठाउँ पोखरा महानगरपालिका वडा नं ३२ स्कुलटोलस्थित पुरानो गाउँको चौतारो हो । चौतारामा जनै बनाउन व्यस्त देखिने उहाँहरूबाट जनै बनाउन सिक्नका लागि फाट्टफुट्ट अरु पनि आउने गरेका छन् ।
सिक्न र जान्न चाहने जो कोहीलाई आफूले सकेसम्म बुझाएर सिकाएर पठाउने गरेको ८० वर्षीय अधिकारीले बताउनुुभयो । राम्रोसँग बुझ्न र सिक्न भने समय लाग्ने उहाँको भनाइ छ । आफूहरूले बनाएका जनै बेच्नेभन्दा पनि आफ्ना घरपरिवारमा वर्षभरिमा चाहिने जनै पु¥याउने उहाँहरूो लक्ष्य छ ।
अधिकारीका अनुसार नियमपूर्वक जनै बनाउन त्यति सजिलो छैन । जनै बनाउनका लागि सुरुमा काँचो धागोलाई सानो चर्खाको सहायताले सँगाल्ने गरिन्छ । सँगाल्नका लागि कतुवाको प्रयोग हुने बताउँदै उहाँले काँचो धागो बाटेपछि जनैको डोरा तयार गरिने जानकारी दिनुुभयो । यसरी बनेका डोरालाई तीन पटकसम्म पट्याएपछि त्यसमा शिखा पार्ने गरिन्छ । शिखालाई ‘ब्रम्ह ग्रन्थी’ भन्ने गरिन्छ । जनैमा हुने २७ वटा सरालाई अश्विनी, भरणीलगायतका २७ नक्षत्रको प्रतीक मानिने उहाँले जानकारी दिनुुभयो ।
जनै लगाइसकेपछि नियमपूर्वक बनाएर संस्कार गरिएका मात्रै लगाउनुपर्ने बताउँदै उहाँले त्यसको आफैँमा विशिष्ट सांस्कृतिक महत्व रहेको उल्लेख गर्नुुभयो ।
“मेरो नौ वर्षको उमेरमा ब्रतबन्ध भएको हो, त्यस यता मैले आफूले बाटेको जनैमात्रै लगाउने गरेको छु”, उहाँले भन्नुुभयो, “सुरुमा बुबाबाट सिकेको जनै बनाउने सीप १० वर्षको भएयता आफैँले निरन्तर बनाउने गरेको छु ।” आफ्ना परिवारका सदस्य एवं वर्षभरि आवश्यकपर्ने जनै आफैँले बाटेर तयार गर्ने गरेको उहाँको भनाइ छ ।
अधिकारी जस्तै ६९ वर्षीय गोविन्द कोइरालाले पनि आफूले सात वर्षमा ब्रतबन्ध गरेदेखि आफैँले बाटेर बनाएको जनै लगाउने गरेको बताउनुहुन्छ ।
नियमपूर्वक जनै बनाउन समय लाग्ने बताउँदै उहाँले दिनमा बढीमा १० जोरसम्म मात्रै बनाउन सकिने अनुुभव सुनाउनुुभयो । नियम पु¥याएर बाटिएको जनैको पारिश्रमिक स्वाभाविक रुपमा अन्य बजारमा पाइनेको तुलनामा धेरै मूल्यपर्ने उहाँको भनाइ छ । पछिल्ला पुस्तामा जनै बनाउने सीपको पुस्तान्तरण हुन नसकेकामा उहाँले चिन्ता व्यक्त गर्नुुभयो ।
६७ वर्षीय कृष्णराज अधिकारी आमासँग सानो उमेरमा किला गाडेर जनै बनाएका धेरै अनुुभव रहेको सुनाउनुुहुन्छ । जनै लगाउनेले बाटेर बनाइएका जनै नै लगाउनुु उपयुक्त हुने उहाँको सुझाव छ । हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना गर्दै यसको पुस्तान्तरण आवश्यक रहेको उहाँले बताउनुुभयो ।
संस्कार र संस्कृतिलाई भावी पुुस्तासम्म पुस्तान्तरण गर्दै जानसकेमा हाम्रा सांस्कृतिक रीतिरिवाज र परम्पराको जगेर्ना हुने गुुरुप्रसाद पौडेलको भनाइ छ । नियमपूर्वक बनाएर विधिपूर्वक संस्कार गरिएका जनैको आफैँमा विशिष्ट महत्व रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई सीप सिकाउँदै सकेसम्म नियमपूर्वक बाटिएका जनै लगाउन अभिप्रेरित गर्नुुपर्ने धारणा राख्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ