२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘प्रभाका चम्किला ताराहरू’ लोकार्पण

२०८२, २१ असार शनिबार १७:१६
काठमाडौँ ।  ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ । प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण अर्यालले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी स्वदेशी तथा विदेशका विश्वविद्यालयबाट विद्यावारीधि उपाधि हासिल गर्नुभएका आठ जनाको सङ्घर्ष र सफलताका कथा समेटिएका छन् ।
प्रभा बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुखद्वय बलराम कोइराला र चुडाप्रसाद चौलागाईं, प्रभा माध्यमिक विद्यालयबाट पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी भएका विद्यार्थी लोकनाथ गौतम र विजयराज गिरी, डा सीता सुवेदी, डा टङ्कप्रसाद गौतम, डा दिलीपकुमार गौतम, डा रवीन्द्रराज गिरी, डा नारायणप्रसाद चौलागार्इं, डा सङ्ग्रामसिंह लामा, डा खड्गमान श्रेष्ठ, डा नवराज गौतम र डा ङेमादोर्जे लामालाई सम्मान गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ