२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रसुवागढीमा बाढीको ठूलो क्षति,३ प्रहरीसहित १८ जना बेपत्ता,गृह मन्त्रालयले आकस्मिक बैठक बस्दै

२०८२, २४ असार मंगलवार ११:३०

काठमाडौं । रसुवागढीमा बाढीले ठूलो मात्रामा धनजनको क्षति भएपछि गृह मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ।

मन्त्रालयका अनुसार घटनाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिकाे संयुक्त बैठक राख्न लागिएकोहो। बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ।

रसुवा प्रहरीका अनुसार चीन क्षेत्रमा परेको भीषण वर्षाका कारण रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ रसुवागढीमा मंगलबार बिहान ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीमा परी ३ प्रहरीसहित १८ जना बेपत्ता भएका छन्। उनीहरूको खोजी जारी छ।

बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएकाले मंगलबार बिहान ४ बजेदेखि आवतजावत बन्द भएको छ।

यस्तै बाढीले गोसाइँकुण्ड २ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७/८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको जानकारी प्रहरीले दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ