२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

टेक्सासमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १०० नाघ्यो, उद्धार कार्य जारी

२४ असार २०८२, मंगलवार १७:१७
टेक्सासमा विनाशकारी बाढीबाट मर्नेहरूको सङ्ख्या सोमबार एक सयभन्दा बढी पुगेको छ । उद्धारकर्ताहरूले पानीको धारले बगाएका मानिसहरूको खोजी जारी राखेका छन् ।
मृतकमध्ये कम्तीमा २७ जना बालबालिका र सल्लाहकारहरू थिए । उनीहरू जुलाईको चौथो बिदाको सप्ताहन्तमा प्रकोप हुँदा नदीको किनारमा रहेको युवा ग्रीष्मकालीन शिविरमा बसिरहेका थिए ।
पूर्वानुमानकर्ताहरूले जलमग्न जमिनमा वर्षा हुँदा थप बाढीको चेतावनी दिएका छन् । वर्षाले हेलिकप्टर, डुङ्गा, कुकुर र करिब एक हजार सात सय ५० जना कर्मचारी समावेश भएको उद्धार प्रयासलाई जटिल बनाएको छ ।
“अझै पनि बाढी निम्त्याउने सम्भावनासहित भारी वर्षाको खतरा छ”, टेक्सासका गभर्नर ग्रेग एबोटले सोमबार एक विज्ञप्तिमा भन्नुभयो । पीडितहरूको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार टेक्सास भ्रमण गर्ने योजना बनाएको पुष्टि गर्नुभयो । ह्वाइट हाउसले आलोचकहरूलाई मौसम एजेन्सीहरूमा उहाँको कटौतीले चेतावनी प्रणालीलाई कमजोर पारेको दाबी गरेको थियो ।
“यी बाढीका लागि राष्ट्रपति ट्रम्पलाई दोष दिनु एउटा गलत हो र राष्ट्रिय शोकको यस समयमा यसले कुनै उद्देश्य पूरा गर्दैन”, प्रेस सचिव क्यारोलिन लेभिटले सोमबार पत्रकारहरूलाई भन्नुभयो ।
शुक्रबार बिहान आएको बाढीलाई ट्रम्पले ‘एक सय वर्षको प्रकोप’ भन्दै यसलाई ‘कसैले पनि अनुमान नगरेको’ बताउनुभयो ।
यसअघि विपद् राहतलाई राज्य स्तरमा सञ्चालन गर्नुपर्ने भन्दै राष्ट्रपतिले नयाँ सङ्घीय कोष सक्रिय गर्ने र स्रोत मुक्त गर्ने प्रमुख विपद् घोषणामा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…