२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कारागारमा मौसमी रुघा र ज्वरोको समस्या

२०८२, २५ असार बुधबार १२:२७
काठमाडौं ।  कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा समस्या देखिएपछि उपचार सुरु गरिएको हो ।
कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि सङ्क्रमण फैलिन नदिने उद्देश्यले २२ जनालाई छुट्टै राखेर उपचार गरिएको छ । मौसममा आएको परिवर्तनसँगै वर्षात्का कारण समस्या देखिएको उहाँले बताउनुभयो ।
सङ्क्रमित बिरामी, क्षयरोगीलगायत स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई छट्टै राखेर उपचार गर्ने गरिएको ढुङ्गानाले बताउनुभयो । कारागार कार्यालयमा रोग फैलन नदिनका लागि उच्च सतर्कता अपनाइएको बताउँदै उहाँले कैदीबन्दीलाई सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरिएको उल्लेख गर्नुभयो ।
क्षमताभन्दा बढी कैदीबन्दी हुनु, मौसममा आएको परिवर्तनसँगै महामारी फैलनसक्ने भएकाले आवश्यक सुरक्षाका लागि सावधानी अपनाउन भनिएको हो । उहाँका अनुसार कारागारमा अहिले ७१६ जना कैदीबन्दी र चार जना आश्रित बालबालिका छन् । कारागारमा ३५ महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ महिला र ६७३ जना पुरुष कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने