२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी सवारीसाधनका लागि तालिका

२५ असार २०८२, बुधबार १३:२९
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ ।
कार्यालयले आज सूचना जारी गर्दै मनसुनका कारण सम्भाव्य मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आजैदेखि लागू हुनेगरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको हो ।
यसअघि गत सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार समय तालिका निर्धारण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।
सूचनाअनुसार घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडक (वीरेठाँटी–घान्द्रुक, वीरेठाँटी–उल्लेरी र लुम्ले–लान्द्रुक) मा सञ्चालित सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र प्रस्थान गर्न पाउने उल्लेख गरिएको छ । त्यस्तै, साँझ ५ः०० बजेभित्र आफ्नो प्रस्थान विन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्ने जनाइएको छ ।
काहुँखोलाबाट ताङ्तिङ जाने सवारीसाधनले बिहान ५ः०० बजेपछि मात्र यात्रा सुरु गर्नसक्ने र साँझ ४ः३० बजेभित्र प्रस्थान बिन्दुबाट छुटिसक्नुपर्ने तालिका निर्धारण गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का