२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह

२०८२, २५ असार बुधबार १७:५६
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।
      आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरिएको छ ।
“बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “आवतजावत सञ्चालन गर्न, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।”
आयोगले सङ्कटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ ।  यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।
उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुुनुका साथै सवारीसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमो क्षतिपुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ । उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे