२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह

२५ असार २०८२, बुधबार १७:५६
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क र भरपर्दो उपचार गराउन माग गरेको छ ।
      आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा उक्त बाढी पहिरोका कारण मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन र आवत जावत सञ्चालन गर्न माग गरिएको छ ।
“बाढीमा परी अझै हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क, भरपर्दो उपचार गराउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “आवतजावत सञ्चालन गर्न, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपदको अवस्था र विपद्पश्चात गरिनुपर्ने कार्यको प्रभावकारी योजना बनाउन जरुरी छ ।”
आयोगले सङ्कटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारलाई आग्रह गरेको छ ।  यस विपद्पूर्ण घडीमा राज्यका निकायले गर्ने कार्यलाई आ–आफ्नो भूमिकामा रहेर सघाउनसमेत आयोगले आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
आयोगले बाढीपश्चात् धनजनको क्षति न्यून गर्न उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्बद्ध निकायबाट भएको कार्यप्रति धन्यवाद ज्ञापन गरेको छ ।
उक्त बाढीमा परेकामध्ये हालसम्म नौ वटा मानव अङ्ग फेला परेको, १९ जना हराइरहेका र दर्जनौँ घाइते हुुनुका साथै सवारीसाधन, भवन, सडक, हाइड्रोपावर जस्ता भौतिक सम्पत्तिमो क्षतिपुगेको आयोगलाई जानकारी प्राप्त भएको जनाएको छ । उक्त घटनाको अनुगमनका लागि आयोगको अनुगमन टोली रसुवा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का