२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेन र गुरागाईंको संयुक्त सहभागिता : बजेट रोकिएको महानगरमा आज मोडिने सम्भावना

२७ असार २०८२, शुक्रबार ११:४२

काठमाडौं | काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्दैछ। शुक्रबार दिउँसो २ बजे बस्नेगरी मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाएका छन्। काठमाडौं महानगरले नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन। स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने उल्लेख छ।

तर मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्वका कारण कार्यपालिका बैठक बस्न नसक्दा तोकिएकै समयमा बजेट ल्याउन महानगर असफल भएको छ। उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूले लगातार छलफल गरेपछि मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदामा राखेर कार्यपालिका बैठक बोलाउने पक्षमा थिए।

शुक्रबार भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सँगै राखेर बैठक बस्न बालेन तयार भएका छन्। दिउँसो २ बजे बस्ने कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतलाई पनि आमन्त्रण गरिएको मेयर बालेनको सचिवालयले जनाएको छ।

मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार प्रमुख प्रशासकीय अधिकृतसहित सबै सदस्यहरूलाई कार्यपालिका बैठकका लागि आमन्त्रण गरिएको छ। ‘प्रमुख प्रशासकीय अधिकृतलाई पनि कानुनअनुसार बैठकका लागि आमन्त्रण गरेका छौं,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पनि बैठकका लागि मेयर बालेनले बोलाएको बताए।’म अहिले अफिस जाँदै छु। बैठकका लागि मेयर साबले बोलाउनुभएको छ। पहिले पनि बाधक बन्दिन भनेको थिएँ,’ उनले भने। आज कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट निर्धारण सिमा समितिको बैठक बस्नेछ। मेयर नेतृत्वमा रहेको उक्त समितिमा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहन्छन्।

बजेट निर्धारण सिमा समितिको बैठकपछि उपमेयर नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। त्यसपछि कार्यपालिको बैठक बस्नेछ। कार्यपालिका बैठकमा विभिन्न विभागहरूबाट ल्याएका प्रस्तावहरू पेस हुनेछ।

त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छलफल गर्ने कार्यसूची रहको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। आजकै कार्यपालिका बैठकले नगर सभा बोलाउन मिति तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता