२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

धनगढीमाईमा खानेपानीको हाहाकार

२७ असार २०८२, शुक्रबार १३:४२

काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरक सङ्कट भोगेको लामो समय भयो । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।

वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा आजसम्म पनि एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले दुई वटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ ।

स्थानीयहरु बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न सङ्घर्षरत छन् । स्थानीय लक्ष्मीनियाँ देवी राम भन्नुहुन्छ, “घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ । एक जार पानीबाट खान पकाउने, कपडा धुने र गाईबस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ ।”

त्यस्तै, स्थानीय देवकी मोचीले भन्नुभयो, “पहिले यही ट्याङ्कीबाट पानी आउँथ्यो, तर अहिले १० दिन भयो, पानीको मात्रा घटेर गयो । थोरैथोरै आउने पानीका लागि घण्टौँ कुर्नुपर्छ ।”

त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ । उहाँहरुको भनाइ छ । “बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ । एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ । नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन् ।”

धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौं ।”

यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि सङ्घीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन् ।

धनगढीमाईका नगरप्रमुख शिवशङ्कर महतोले भरनैनी बस्तीको दीर्घकालीन खानेपानी सङ्कटबारे भन्नुभयो, “हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ । नगरपालिकाले ट्याङ्की निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ ।”

उहाँले थप्नुभयो, “पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो । समस्या दीर्घकालीन भएको स्वीकार छौँ, तर हालको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ । सङ्घीय र प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा