२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु होः मन्त्री भण्डारी

२०८२, २७ असार शुक्रबार १४:४८
काठमाडौं ।   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई परिवारलाई नै आर्थिक रूपमा सक्षम बनाउनु रहेको बताउनुभएको छ ।
अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलनको आज यहाँ उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मन्त्री भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो र अन्ततः राष्ट्रको स्वाभिमान तथा आत्मनिर्भरता मजबुत बनाउनु हो । महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकका रूपमा कुरा गरिरहेका हुन्छौँ ।”
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमीको विकास अपरिहार्य रहेको मन्त्री भण्डारीले स्पष्ट पार्नुभयो । सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रम महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, ‘स्टार्टअप’ कार्यक्रम, शिल्पी समुदायको प्रवद्र्धनलगायतका पहलहरू रहेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले भन्नुभयो, “नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ । त्यसमध्ये अधिकांशमा महिलाको नेतृत्व र संलग्नता छ । खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ ।”
निर्यातमुखी उत्पादन रणनीति तथा जलवायु परिवर्तनजस्ता विषय उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो । “एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,” उहाँले भन्नुभयो, “महिला उद्यमीले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् ।”
हरियो उद्यमशीलताको अवधारणा अगाडि बढाउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ