२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव उपयोगी’

२७ असार २०८२, शुक्रबार १४:५०
काठमाडौँ । युवा पुस्तालाई कर्तव्य पथमा हिँडाउन ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन’ प्रस्तावित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव उपयोगी हुने बताउनुभएको छ ।
सभाको आजको बैठकमा समर्थक सदस्य कमला पन्तले सबै नागरिक ज्येष्ठ बन्ने भएकाले प्रस्तावले न्याय दिने काम गर्ने बताउनुभयो । प्रस्तावमा गम्भीर विषय रहेकाले त्यसैअनुसार छलफल हुनुपर्ने उहाँको भनाइ छ ।  युवा पुस्ताले कर्तव्य भुलेको अवस्थामा कर्तव्यपथमा लगाउन यो प्रस्तावले सहयोग पुन्ने पन्तको विश्वास थियो ।
प्रस्तावका समर्थक भगवती न्यौपानेले संसार देखाउने बाबुआमालाई बेवास्ता गर्ने क्रम बढेकाले राज्य संवेदनशील भएर संरक्षण गर्नुपर्ने बताउनुभयो । साठी वर्षमाथिका ज्येष्ठ नागरिक १० दशमलव २१ प्रतिशत रहेको पनि उहाँले सुनाउनुभयो ।
अर्का सदस्य मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयन नभएको बताउनुभयो । भत्ता पाउने समय दुई वर्ष घटाउँदा पनि ज्येष्ठ नागरिकलाई समस्या भएको उहाँको धारणा थियो ।
सदस्य मदनकुमारी शाह (गरिमा) ले ज्येष्ठ नागरिकसम्बन्धी कानुन र कार्ययोजनाको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा समस्या भएकाले यो प्रस्ताव ल्याउनुपरेको बताउनुभयो । अर्का सदस्य पदमबहादुर परियारले अबको २९ वर्षपछि नेपाल ज्येष्ठ नागरिक बढी भएको देशका रूपमा स्थापित हुने भन्दै सुरक्षाका लागि यो प्रस्ताव उपयुक्त हुने बताउनुभयो । सरकारका विभिन्न विषयगत मन्त्रालयमार्फत ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर केही कार्यक्रम बनाइनुपर्नेमा उहाँको जोड थियो ।
सदस्य पूजा चौधरीले परिवारभित्र स्नेह दिने संस्कारको विकास गरिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकलाई ‘हेल्पलाइन’को व्यवस्था गरिनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रियसभा सदस्य सुमित्रा बिसी प्रस्तावक र सदस्यहरू उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का