लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा "/>
लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा "/>
३ बर्षमा ५९ ले गरे आत्महत्या ।
लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा बिश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जीबन परिवर्तनकालागी एक मिनेट भन्ने नाराकासाथ आइतबार बिबिध कार्यक्रमको आयोजना गरी पहिलोपटक दिवस मनाइएको हो ।
दिवसको अवसरमा बिद्यार्थी लगायत सरोकारवाला सबैलाइ प्रशिक्षण कार्यक्रम र सदरमुकाम खलंगामा मौन र्यालीको आयोजना गरीएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी गैरसरकारी कार्यालय, नागरीक समाज, प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, बिद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
दार्चुला जिल्लामा आर्थीक बर्ष २०७१/०७२ देखी हालसम्म ५९ जनाले आत्महत्या गरेको तथ्याङक जिल्ला प्रहरी कार्यालयको छ । जसमा २५ बर्ष मुनिका २५ जना, २५ देखी ३५ बर्षसम्मका १८ जना र ३५ बर्ष माथीका १६ जना रहेका छन ।
त्रिबर्षीय तथ्याङक अनुसार झुन्डीएर आत्महत्या गर्नेको संख्या ४४ जना, बिष सेवन गरेर ७ जना र पानीमा हाम फालेर ८ जनाले आत्महत्या गरेका हुन ।
आर्थीक बर्ष २०७१/०७२ मा १२ जनाले झुन्डीएर, ४ जनाले बिष सेवन गरेर र ३ जनाले नदिमा हाम फालेर गरी कुल १९ जनाले आत्महत्या गरेको तथ्याङक छ । यस्तै आर्थीक बर्ष २०७२/०७३ मा १५ जनाले झुन्डीएर, २ जनाले बिष सेवन गरेर र ३ पानीमा हाम फालेर गरी कुल २० ले आत्महत्या गरेका छन । यस्तै आर्थीक बर्ष २०७३/०७४ मा ११ जनाले झुन्डीएर १ ले बिष सेवन गरेर र १ जनाले पानीमा हाम फालेर गरी कुल १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक लाल बहादुर साउँदले बताउँनुभयो ।
चालु आर्थीक बर्ष २०७४/०७५ को हालसम्म करिब २ महिनाको अवधिमा मात्रै ६ जनाले झुन्डीएर १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका छन ।
पछिल्लो समय दार्चुला जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै गएकाले सचेतना फैलाउँने उदेश्यले दिवसको आयोजना गरीएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर साहीले बताउँनुभयो । मानसिक स्वास्थ्य समस्याले हरेक समाजमा विकराल रुप लिँदै गएको छ । विश्वमा अकालमा आत्महत्या गरी लाखौ मानिसले जीवन गुमाउन बाध्य छन् ।
अशिक्षा, असफलता, प्रेममा धोका पाउँनु, धरेलु हिसां, झगडा, घर परिवारको माया कम बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँनु लगायतका कारणले धेरैजसो युवाहरुले आत्महत्याको बाटो रोजेको देखिन्छ ।
तथर्स डिप्रेशन बिशेष प्रकारको काउन्सिलिङ र मनोबैज्ञानिक उपचार पद्दतिको बिकासमा अभिमुखीकरण, तालिम जस्ता प्रशिक्षणका कार्यक्रमहरु लागु गर्नु आबश्यक देखीन्छ ।
मानसिक क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ता, संघ संगठन एवं नागरिक समाज पनि अझ बढी उर्जाशील हुनुपर्ने देखिन्छ भने डिप्रेशनको सिकार भएका मानिसलाइ परिवार र समाजले मानसिक समस्याका कारण समाजमा उचित स्थान दिई सकारात्मक व्यवहार गर्नु जरुरी छ ।