लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुला जिल्लामा पहिलोपटक बिश्व आत्महत्या रोकथाम दिवस मनाइयो

२०७४, २५ भाद्र आईतवार ०७:००

३ बर्षमा ५९ ले गरे आत्महत्या ।



लोकेन्द्र प्रशाद जोशी।भदौ २५, दार्चुला ।जिल्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालय दार्चुलाको अगुवाइमा बिश्व आत्महत्या रोकथाम दिवस मनाइएको छ । जीबन परिवर्तनकालागी एक मिनेट भन्ने नाराकासाथ आइतबार बिबिध कार्यक्रमको आयोजना गरी पहिलोपटक दिवस मनाइएको हो । 

दिवसको अवसरमा बिद्यार्थी लगायत सरोकारवाला सबैलाइ प्रशिक्षण कार्यक्रम र सदरमुकाम खलंगामा मौन र्यालीको आयोजना गरीएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जनप्रतिनिधि, सुरक्षा निकाय, सरकारी गैरसरकारी कार्यालय, नागरीक समाज, प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, बिद्यार्थी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

दार्चुला जिल्लामा आर्थीक बर्ष २०७१/०७२ देखी हालसम्म ५९ जनाले आत्महत्या गरेको तथ्याङक जिल्ला प्रहरी कार्यालयको छ । जसमा २५ बर्ष मुनिका २५ जना, २५ देखी ३५ बर्षसम्मका १८ जना र ३५ बर्ष माथीका १६ जना रहेका छन । 

त्रिबर्षीय तथ्याङक अनुसार झुन्डीएर आत्महत्या गर्नेको संख्या ४४ जना, बिष सेवन गरेर ७ जना र पानीमा हाम फालेर ८ जनाले आत्महत्या गरेका हुन ।


आर्थीक बर्ष २०७१/०७२ मा १२ जनाले झुन्डीएर, ४ जनाले बिष सेवन गरेर र ३ जनाले नदिमा हाम फालेर गरी कुल १९ जनाले आत्महत्या गरेको तथ्याङक छ । यस्तै आर्थीक बर्ष २०७२/०७३ मा १५ जनाले झुन्डीएर, २ जनाले बिष सेवन गरेर र ३ पानीमा हाम फालेर गरी कुल २० ले आत्महत्या गरेका छन । यस्तै आर्थीक बर्ष २०७३/०७४ मा ११ जनाले झुन्डीएर १ ले बिष सेवन गरेर र १ जनाले पानीमा हाम फालेर गरी कुल १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक लाल बहादुर साउँदले बताउँनुभयो । 

चालु आर्थीक बर्ष २०७४/०७५ को हालसम्म करिब २ महिनाको अवधिमा मात्रै ६ जनाले झुन्डीएर १ जनाले पानीमा हाम फालेर आत्महत्या गरेका छन । 

पछिल्लो समय दार्चुला जिल्लामा आत्महत्याका घटनाहरु बढ्दै गएकाले सचेतना फैलाउँने उदेश्यले दिवसको आयोजना गरीएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर साहीले बताउँनुभयो । मानसिक स्वास्थ्य समस्याले हरेक समाजमा विकराल रुप लिँदै गएको छ । विश्वमा अकालमा आत्महत्या गरी लाखौ मानिसले जीवन गुमाउन बाध्य छन् । 

अशिक्षा, असफलता, प्रेममा धोका पाउँनु, धरेलु हिसां, झगडा, घर परिवारको माया कम बढी अपेक्षा, अपरिपक्व र कलिलै उमेरमा घर परिवारसँगको बिछोड, बिदेश आएर सोचेजस्तो धन आर्जन गर्ने सपना पूरा नहुँनु लगायतका कारणले धेरैजसो युवाहरुले आत्महत्याको  बाटो रोजेको देखिन्छ ।

तथर्स डिप्रेशन बिशेष प्रकारको काउन्सिलिङ र मनोबैज्ञानिक उपचार पद्दतिको बिकासमा अभिमुखीकरण, तालिम जस्ता प्रशिक्षणका कार्यक्रमहरु लागु गर्नु आबश्यक देखीन्छ ।

मानसिक क्षेत्रमा काम गर्ने सामाजिक अभियन्ता, संघ संगठन एवं नागरिक समाज पनि अझ बढी उर्जाशील हुनुपर्ने देखिन्छ भने डिप्रेशनको सिकार भएका मानिसलाइ परिवार र समाजले मानसिक समस्याका कारण समाजमा उचित स्थान दिई सकारात्मक व्यवहार गर्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी