२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना

१ श्रावण २०८२, बुधबार १२:४३

काठमाडौँ | मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ ।

समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ बालबालिकालाई मेचीनगर–७ इँटाभट्टामा आवाससहित पठनपाठनको व्यवस्था गर्दै आएको छ । संस्थामा झापा, उदयपुर, ताप्लेजुङ र सुनसरीका १० जना बालक र छ जना बालिका रहेका छन् ।

“संस्थाको दिगो नियमित आयस्रोत केही छैन”, समितिका अध्यक्ष धर्मराज घिमिरेले संस्थामा आर्थिक सङ्कट चुलिएको बताउँदै भन्नुभयो, “आश्रय लिइरहेका बालबालिकाको भरणपोषण खर्च धान्न समस्या भइरहेको छ ।” विसं २०६० मा स्थापना भएको संस्थाले विभिन्न दातृ संस्थाको सहयोगमा मेचीनगर–७ मा अपाङ्गता भएका बालबालिकालाई आश्रय दिन पाँच कट्ठा जग्गामा तीनतले भवन निर्माण गरेको थियो ।

बुबाआमा नभएका र अपाङ्गता भएर बिचल्लीमा परेका ती बालबालिका कोही पनि प्रष्ट बोल्न सक्ने अवस्थाका छैनन् । आश्रित सात जना बालबालिकालाई स्थानीय सरस्वती आधारभूत विद्यालयमा पढ्ने व्यवस्था मिलाइएको र बाँकी नौ जनालाई संस्थाको भवनमा नै पढाउन एक जना शिक्षक नियुक्त गरिएको छ ।

संस्थालाई सहज रूपमा सञ्चालन गर्न वार्षिक रूपमा न्यूनतम रु १० लाखको स्रोत सुनिश्चित हुनुपर्नेमा हाल मेचीनगर नगरपालिकाबाहेक अन्य कुनै पनि सरकारी र दातृ निकायबाट सहयोग नरहेको उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का