२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन्

१ श्रावण २०८२, बुधबार १२:४५
काठमाडौँ |  बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन् । सङ्घीय सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले गहुँ खरिदका लागि बजारभन्दा सस्तो मूल्य तोकेकाले किसानले कार्यालयलाई गहुँ बिक्री नगरेका हुन् ।
सरकारले प्रतिक्विन्टल तीन हजार ८६७ रुपैयाँ ३८ पैसाका दरले खरिद गर्नेगरी तोकेको समर्थन मूल्यका आधारमा गहुँ खरिद प्रक्रिया अगाडि बढाइएको  थियो । जनकपुरसहितका बजारमा रु चार हजार ४०० प्रतिक्विन्टल गहुँ बिक्री हुने भएपछि किसानले निजी क्षेत्रका व्यवसायीलाई उपलब्ध गराइरहेका कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख निर्मल थापाले किसानले कार्यालयमा गहुँ बिक्रीको मूल्य जानकारी लिन आए पनि बिक्री गर्न नआएका बताउनुभयो । बजारभन्दा यहाँको खरिद मूल्य निर्धारण सस्तो भएकाले उत्पादित गहुँ निजी व्यापारीलाई बिक्री गरेका उहाँको भनाइ छ ।
धनुषा र महोत्तरीका किसानबाट यस वर्ष दुई हजार ५०० क्विन्टल गहँु खरिद गर्ने लक्ष्य रहेको जनाउँदै प्रमुख थापाले  प्रतिकिसानबाट ५० क्विन्टल र प्रतिसहकारी संस्थाबाट पाँच सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
गत फागुन र चैतमा काटिएको गहुँ खरिदसम्बन्धी कार्यालयले सूचना प्रकाशित गरी बिक्रीका लापग किसानलाई आग्रह गरेको थियो । कार्यालयको हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।
धनुषा र महोत्तरी जिल्लाका सम्बन्धित स्थानीय तहको सिफारिससहित बिक्रीका लागि गहुँ सफा गरी तोकिएको मापदण्डका आधारमा तयार हुनुपर्ने बताउँदै प्रमुख थापाले बिक्रीको भुक्तानी किसानलाई चेकमार्फत गराइने कार्यालयद्वारा जारी सूचनामा जनाइएको उल्लेख गर्नुभयो ।
धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीको गहुँ खरिदसम्बन्धी समितिको बैठक बसेर खरिद प्रक्रिया सुरु भएको जनाइएको थियो । बैठकमा सम्बन्धित निकायका पदाधिकारीहरूको पनि सहभागिता थियो । सोही बैठकका आधारमा खरिद प्रक्रिया सुरु भए पनि किसानले कार्यालयमा गहुँ बिक्री नगरेका उहाँले जानकारी दिनुभयो ।
यसैबीच कार्यालयले चालु आवमा लक्ष्यको तुलनामा धान खरिद पनि कम भएको जनाएको छ । बत्तीस हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार ३४६ क्विन्टल मात्र खरिद गरिएको कार्यालयका प्रमसख थापाले जानकारी दिनुभयो । कार्यालयबाट प्राप्त विवरणअनुसार तोकिएको लक्ष्यको तुलनामा २६ हजार ६५४ क्विन्टल धान कम खरिद भएको हो ।
सरकारको तोकिएको समर्थन मूल्यभन्दा बजार मूल्य बढी रहेकाले किसानले आफ्नो उत्पादन निजी क्षेत्रका बजारमा बिक्री गरेकाले लक्ष्यअनुसार धान खरिद नभएको हो । सरकारले प्रतिक्विन्टल रु तीन हजार ५८० का दरले धान खरिद गर्ने निर्देशन दिए पनि बजारमा करिब रु चार हजार प्रतिक्विन्टलका दरले बिक्री हुने गरेकाले कार्यालयले लक्ष्य अनुसार खरिद गर्न नसकेको प्रमुख थापाको भनाइ छ ।
कार्यालयले लक्ष्यप्राप्त गर्न चारवटा सहकारी संस्थासँग धान खरिदसम्बन्धी सम्झौता गरे पनि किसान नआएकाले सो लक्ष्य प्राप्त नभएको कार्यालयका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य