२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

२०८२, १ श्रावण बुधबार १४:०७
 काठमाडौँ  इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाकी अधिकृत समीक्षा पौडेलका अनुसार वडा नम्बर १, २ र ६ का चेपाङ समुदायलाई चिउरीको क्षेत्र विस्तारअन्तर्गत ती बिरुवा वितरण गरिएको हो । फल, घ्यू, तेल, पिना, चोपबाट लिसो, माछा मार्ने कीटनाशक औषधि, दुनाटपरी, डाँले घाँसलगायत बहुउपयोगी प्रयोग हुने चिउरीका माध्यमबाट जीविकोपाजर्नमा सहयोग पु¥याउने र यसको संरक्षण गर्न बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा एक हजारका दरले बिरुवा वितरण गरिएको हो ।
चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ । चिउरीको परागसेचनका लागि शाकाहारी चमेरो आवश्यक पर्ने उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । “गणनाका क्रममा तीन हजार ४७१ वटा बोट रहेको पाइएको थियो । सोही वर्ष पाँच सय वटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घारसमेत वितरण गरिएको छ । चेपाङ समुदायका ९२ परिवारलाई मौरीको घार वितरण गरिएको हो”, कृषि अधिकृत पौडेलले भन्नुभयो ।
चिउरी संरक्षणसँगै शाकाहारी चमेरो समेत संरक्षणमा मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । चेपाङ समुदायमा मासुका रूपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । चमेरो व्यावसायिक रूपमा मासु र बिक्री गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताउनुभयो ।
एक वर्षमा एउटामात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चमेरोको बढ्दो व्यवसायिकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर