१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषकलाई प्रोत्साहनस्वरुप दूधमा अनुदान

३ श्रावण २०८२, शुक्रबार १३:०२
काठमाडौँ |  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले दूधमा अनुदान दिएको छ ।
उत्पादनका आधारमा कृषकलाई प्रोत्साहित गर्न कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेर मापदण्ड पूरा गरेका समूह, सहकारीलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराएको हो ।
उत्पादनमा आधारित प्रोत्साहन सहयोगअन्तर्गत मापदण्डअनुसार दैनिक २०० लिटर दूध सङ्कलन गर्ने र वार्षिक २०० दिन दूधको कारोबार गर्ने समूह सहकारीलाई छनोट गरी सहयोग दिइएको भेटेरिनरी तथा पशु विज्ञ केन्द्र स्याङ्जाका प्रमुख रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख लिटर दूधका लागि रु पाँचका दरले रु १० लाख प्रोत्साहनस्वरुप सहयोग गरेको उहाँले बताउनुभयो ।
प्रोत्साहन रकम वितरणसम्बन्धी कार्यालयले मापदण्ड पूरा गरेका समूह तथा सहकारीबाट आवेदन माग गरेको थियो । त्यसमा तीन वटा समूह र सहकारीले आवेदन दिए पनि मापदण्डका आधारमा दुई वटालाई छनोट गरी प्रोत्साहन रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
कार्यालयले भिरकोट नगरपालिकामा अवस्थित भिरकोट दुग्ध उत्पादन सहकारी र आँधीखोला गाउँपालिकामा अवस्थित आँधीखोला कृषि उद्यम सहकारी संस्थामा आबद्ध कृषकलाई प्रोत्साहन उपलब्ध गराएको हो ।
“प्रोत्साहन रकम दुई चरणमा गरी उपलब्ध गराएका हौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “कृषकलाई अन्य सहयोग तथा अनुदानका कार्यक्रमभन्दा उत्पादनका आधारमा दिइने प्रोत्साहन रकम बढी प्रभावकारी हुने गरेको पाएका छौँ ।”
भिरकोट दुग्ध उत्पादक सहकारी संस्थाले कूल रु छ लाख ५० हजार ६५० प्राप्त गरेको छ । सहकारीले एक लाख ३० हजार १३० लिटर दूधका लागि उक्त रकम प्राप्त गरेको हो ।
आँधीखोला कृषिउद्यम सहकारी संस्थाले ६९ हजार ७२० लिटर दूध सङ्कलन गरेको थियो । सङ्कलित उक्त परिमाणको दूधमा रु पाँचका दरले रु तीन लाख ४८ हजार ६०० प्रोत्साहन रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।
दुई वटा सहकारीले तोकिएको मापदण्डअनुसार दूध उत्पादन तथा सङ्कलन गरेका हुन् । सङ्कलन भएको दूधको प्रतिलिटर रु पाँचका दरले नौ लाख ९९ हजार २५० प्रोत्साहन सहयोग गरेको हो ।
प्रोत्साहन सहयोगले उत्पादनमा वृद्धि हुँदै गएकाले प्रोत्साहन सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ । कार्यालयले भकारो सुधार, नयाँ गोठ निर्माण, मिल्क एनालाइजरलगायत यन्त्र तथा उपकरण पनि कृषकलाई अनुदानमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का