२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

गोदामबाटै लागू औषधको ठूलो मात्रा प्रहरीद्वारा बरामद

३ श्रावण २०८२, शुक्रबार १५:१०
काठमाडौँ | प्रहरीले झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको एउटा औषधि गोदामबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा भण्डारण गरिएको लागू औषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले विर्तामोड नगरपालिका–५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरेको पाइएको आज पत्रकार सम्मेलनमार्फत बताउनुभयो । उहाँका अनुसार बरामद भएका लागू औषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसिएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० रहेका छन् ।
प्रहरीले बराम सामग्रीसँगै पक्राउ परेका एकजना अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । अर्जुनधारा नगरपालिका–६ निवासी २५ वर्षीय विनोद घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । “प्रहरी टोलीले सूचना पाएको आधारमा भाडाको कोठामा पुगेर हेर्दा ठूलो मात्रामा लागू औषध र प्रतिबन्धित औषधि फेला पारेको हो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसारपसार र वितरण कसुरमा आजै मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।”
प्रहरीले एउटा मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेर नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएका प्रतिबन्धित औषधिको कारबाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको र विभागले नै थप कानुनी कारबाही अघि बढाउने श्रेष्ठले बताउनुभयो । यस आपराधिक घटनामा अरू को को संलग्न रहेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै उहाँले दोषीमाथि कानुनी कारबाहीमा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।
स्थानीयले लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् । अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता