२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नौ पालिकामा बाली र पशुपक्षी विशेष कार्यक्रम

२०८२, ३ श्रावण शुक्रबार १६:०९
काठमाडौँ | कञ्चनपुरका नौवटै पालिकालाई कृषि पकेटक्षेत्र निर्धारण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्थानीय तह विशेष पकेट क्षेत्र निर्धारण गरेर यहाँका नौवटै पालिकामा बाली र पशुपक्षी विषेश कार्यक्रम ल्याएको हो ।
उत्पादनलाई भौगोलिक विभाजनका आधारमा विशेष उत्पादन क्षेत्रमा बजेट विनियोजन गरिएको छ । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका निमित्त प्रमुख गोविन्द सिजापतिले चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह विशेष पकेट क्षेत्र अनुसार प्रत्येक पालिकाका लागि रु ४० लाख बजेट आएको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरिएको छ ।
त्यसैगरी बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको छ । कृष्णपुर नगरपालिकालाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाँडी गाउँपालिका दलन पकेट क्षेत्र, बेलौरी नगरपालिका तोरी पकेट क्षेत्र र बेल्डाँडी गाउँपालिका आलु पकेट क्षेत्र निर्धारण गरिएको छ ।
“तीन वर्षे कार्यक्रम अन्तर्गत स्थानीय तह विशेष पकेट क्षेत्रका लागि प्रत्येक पालिकामा रु ४० लाख बजेट आएको छ”, निमित्त प्रमुख सिजापतिले भन्नुभयो–“मन्त्रालयले कार्यविधि पठाएपछि यसको कार्यान्वयनबारे स्पष्ट हुन्छ ।” उहाँका अनुसार आलु पकेट क्षेत्रका किसानका लागि शीत भण्डारको समेत व्यवस्था गरिएको छ । उहाँका अनुसार आलु पकेट क्षेत्र रहेको पुनर्वासमा दुई शीत भण्डार छन् ।
त्यसैगरी बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा शीत भण्डार सञ्चालनमा छन । त्यसैगरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरबाट चालु आर्थिक वर्षमा पालिका विशेष उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । वरिष्ठ पशु विकास अधिकृतश्याम सिंह खड्काका अनुसार यहाँका सात पालिकालाई भँैसीपालन र दुई  पालिकालाई बाख्रापालन विशेष कार्याक्रम रहेको जानकारी दिनुभयो ।
कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको छ । लालझाडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ ।
“पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमश रु ६० लाख र रु ५० लाख बजेट आएको छ”, वरिष्ठ पशु विकास अधिकृत खड्काले भन्नुभयो–“अन्य पालिकाका लागि रु ४० लाख बजेट छ ।”
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता टिकेन्द्र कुश्मीले सरकारको नीति तथा कार्यक्रम अनुसार स्थानीय तह विशेष कार्यक्रम ल्याएको जानकारी दिनुभयो । “सम्भावना देखिएका बाली तथा पशुपक्षीको उत्पादनका क्षेत्रलाई विशेष क्षेत्रका रुपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्य अनुसार यो कार्यक्रम सञ्चालन गरिएको हो ।” उहाँले भन्नुभयो–“यसले व्यावसायिकीकरणमा फाइदा पुग्छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा