२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु

४ श्रावण २०८२, शनिबार १४:१५

काठमाडौँ । दाङमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । आफूभन्दा १२ वर्ष कान्छो श्रीमान्सँग विवाह गरेकी ५० वर्षीया गोमा पुनले ३८ वर्षे श्रीमानको कुटाइबाट ज्यान गुमाएकी छन् ।

दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीका गोमा र श्रीमान् जागेश्वर पुन दुवैले मदिरा सेवन गरी बसिरहेको अवस्थामा शुक्रबार साँझदेखि उनीहरूबीच भानभन सुरु भएको थियो ।

विवाद चर्किँदै जाँदा राति १० बजे श्रीमान् पुनले लठ्ठीले प्रहार गर्दा गोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

“उनीहरू दुवैले मदिरा सेवन गरेको खुल्न आएको छ । स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीचमा हिजो साँझदेखि नै विवाद चलिरहको थियो । राति विवाद चर्किएपछि लठ्ठीले हानेको देखिन्छ,” डीएसपी शाहले भने ।

उनीहरूबीच लामो समयदेखि घरायसी झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडाले उग्ररूप लिँदा हत्याको अवस्था सृजना भएको देखिएको डीएसपी शाहले जानकारी दिए ।

घटनापछि प्रहरीले हत्या आरोपी पुनलाई घटनास्थलबाटै पक्राउ गरिसकेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए ।

मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । प्रहरीका अनुसार पुनसँग गोमाको तेस्रो बिहे थियो । जागेश्वरको दोस्रो विवाह हो । उनीहरूको विवाह भएको एक वर्ष पनि भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो