२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

१२ वर्ष कान्छो श्रीमान्को कुटाइबाट ५० वर्षीया श्रीमतीको मृत्यु

२०८२, ४ श्रावण शनिबार १४:१५

काठमाडौँ । दाङमा श्रीमान्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । आफूभन्दा १२ वर्ष कान्छो श्रीमान्सँग विवाह गरेकी ५० वर्षीया गोमा पुनले ३८ वर्षे श्रीमानको कुटाइबाट ज्यान गुमाएकी छन् ।

दाङको बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीका गोमा र श्रीमान् जागेश्वर पुन दुवैले मदिरा सेवन गरी बसिरहेको अवस्थामा शुक्रबार साँझदेखि उनीहरूबीच भानभन सुरु भएको थियो ।

विवाद चर्किँदै जाँदा राति १० बजे श्रीमान् पुनले लठ्ठीले प्रहार गर्दा गोमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

“उनीहरू दुवैले मदिरा सेवन गरेको खुल्न आएको छ । स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीचमा हिजो साँझदेखि नै विवाद चलिरहको थियो । राति विवाद चर्किएपछि लठ्ठीले हानेको देखिन्छ,” डीएसपी शाहले भने ।

उनीहरूबीच लामो समयदेखि घरायसी झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थ सेवनपछि झगडाले उग्ररूप लिँदा हत्याको अवस्था सृजना भएको देखिएको डीएसपी शाहले जानकारी दिए ।

घटनापछि प्रहरीले हत्या आरोपी पुनलाई घटनास्थलबाटै पक्राउ गरिसकेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए ।

मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । प्रहरीका अनुसार पुनसँग गोमाको तेस्रो बिहे थियो । जागेश्वरको दोस्रो विवाह हो । उनीहरूको विवाह भएको एक वर्ष पनि भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट