१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सिद्धबाबाको जबरजस्ती करणी मुद्दा रोक्ने,ओली सरकारको निर्णय: न्याय खोज्ने पीडितलाई ठूलो झट्का

६ श्रावण २०८२, सोमबार १५:३१

काठमाडौँ | सिद्धबाबाविरुद्ध चल्दै आएको जबरजस्ती करणीसम्बन्धी मुद्दा अगाडि नबढाउने ओली सरकारले निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै पीडितलाई सर्वोच्च अदालत जाने बाटोमा राज्यबाटै अवरोध उत्पन्न भएको छ । प्रधानमन्त्रीको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय सुनसरीलाई लिखित सर्कुलर पठाएर ‘मुद्दा मुद्दा नचलाउने ’ निर्णय सुनाएको हो ।

महान्यायाधिवक्ता कार्यालयले सिद्धबाबाको फैसला सर्वोच्च अदालतमा नलैजाने निर्णय गत असार १७ गते नै गरेको कार्यालय स्रोतले बतायो । उक्त निर्णयसँगै महान्यायाधिवक्ता कार्यालयले मुद्दाको मिसिलसमेत जिल्ला सरकारी वकिल कार्यालय सुनसरीमा फिर्ता पठाइदिएको छ । सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरको फैसला दोहो¥याउन पाउँ भन्ने प्रस्तावसहितको मिसिल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

परिवर्तित नाम २६ परिसर २७, को जाहेरीले ६ वर्षअघि सुनसरी जिल्ला अदालतमा चतराधामका रामकृष्ण आचार्य श्री वैष्णवकृष्णदास भन्ने कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जबर्जस्ती करणी मुद्दा परेको थियो । उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले सिद्धबाबाद्वारा करणी भएको ठहरसहितको फैसला सुनाएको थियो ।

बादी र प्रतिवादी दुबै पक्ष फैसलामा चित्त नबुझी उच्च अदालत विराटनगर गएका थिए । उच्चले उक्त मुद्दाको फैसला नमिलेको भन्दै सुनसरी जिल्ला अदालतमै फिर्ता पठाएको थियो । पछि जिल्लाबाट सिद्धबाबाले सफाइ पाएका थिए । सो मुद्दामा उच्च अदालत बिराटनगरले पनि जिल्लामै फैसला सदर गरिदिएको थियो ।

जबरर्जस्ती करणीको मुद्दा सरकारवादी हुन्छ । तर, उच्चको फैसलासँगै अब सरकारले यो मुद्दा सर्वोच्च अदालतमा नलैजाने निर्णय गरेको छ ।

‘न्यायको ढोका बन्द गर्ने निर्णय भएको हो भने त्यो, दुःखदायी कुरा हो,’ पीडितका आपन्त भन्छन्, ‘महान्यायधिवक्ता कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको आधिकारिक जानकारी हामीले पाएका छैनौं । यदि त्यो सत्य रहेछ भने हामी आफैं न्याय माग्न सर्वोच्च अदालतमा जानेछौं ।’

सिद्धबाबाले उच्च शक्तिकेन्द्र प्रयोग गरेर आफूहरुमाथि दबाव दिँदै आएको पीडित पक्षले गुनासो गरिरहेका बेला महान्यायाधिवक्ता कार्यालयले सिद्धबाबाको मुद्दामा पुनरावेदन गर्न पाउने पीडितको हकलाई ढोकाबन्द गरिदिएको हो ।

पीडितका आफन्त भन्छन्, ‘सम्मानित सर्वोच्च अदालतले भविष्यमा जे निर्णय गर्ला, त्यो हाम्रा लागि मान्य हुनेछ । तर, न्याय माग्न जाने ढोका नै बन्द गरिदिने निर्णय गरिनु भनेको हामीमाथि राज्यबाटै अन्याय हुनु हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव