२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयातले पेल्दा पनि १३ वस्तुले उठाए नेपाली निर्यातको स्तर

७ श्रावण २०८२, मंगलवार १४:४४

काठमाडौँ |  आयात र कमजोर निर्यातका बीच पनि नेपालले १३ वटा वस्तुको वैदेशिक व्यापारमा नाफा गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालको व्यापारघाटा १५ खर्ब २७ अर्बमा पुग्दा केही वस्तुहरुको निर्यात भने सुधारिएको हो।

यो वर्ष कफी, चिया र चियामसला, वनस्पतिबाट निर्मित वस्तुहरु, छालाजन्य कच्चापदार्थ, कोइला, कार्पेटलगायतका वस्तुहरुको व्यापारमा नेपालले नाफा गरेको तथ्यांकले देखाएको छ।

 

यी वस्तुहरु व्यापारमा अघिल्लो वर्षभन्दा सुधार देखिएको छ। भन्सार विभागका अनुसार यो वर्ष नेपालले १२ अर्ब २५ करोड रुपैयाँबराबरको कार्पेट तथा गलैँचा निर्यात गर्दा ५७ करोड ७८ लाखबराबरको मात्र आयात गरेको छ। यो वर्ष उक्त वस्तु व्यापारमा नेपाल ११ अर्ब ६७ करोड रुपैयाँले नाफामा छ। यस्तै तरकारी तथा फलफूलजन्य वस्तुहरुमा पनि नेपालको नाफा अघिल्लो वर्षभन्दा बढेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा कुल ७ अर्ब ७४ करोड रुपैयाँ निर्यात हुँदा २ अर्ब ३८ करोडको आयात भएको हो। यो वर्ष तरकारी तथा फलफुलको व्यापारमा नेपाल ५ अर्ब ३५ करोड रुपैयाँले नाफामा छ भने कोइलाको व्यापारमा पनि नेपाल ४ अर्बले नाफामा छ।

योबाहेकका वस्तुहरुमध्ये कफी, चिया र चियामसला, वनस्पतिद्वारा निर्मित वस्तु, फेल्टको व्यापारमा नेपाल ३ खर्बभन्दा धेरैले नाफामा देखिन्छ।

यो वर्ष नेपालले विभिन्न मुलुकमा १३ अर्बबराबरको कफी, चिया र मसला निर्यात हुँदा ४ अर्बको वनस्पतिजन्य वस्तुहरु, ५ अर्बको फेल्टबाट बनेका वस्तुहरुको निर्यात गरेको छ।

यस्तै वाद्यवादन तथा त्यसका सामग्रीको व्यापारमा नेपाललाई ६८ करोड नाफा देखिँदा सिसाजन्य वस्तुहरुको व्यापारमा ८५ करोड, फेल्टबाट निर्मित लत्ताकपडाको व्यापारमा १७ करोड नाफा भएको छ।

यीबाहेक गत आर्थिक वर्षमा मासु र मासुजन्य वस्तुहरुमा ११ करोड, पुरातात्विक कला तथा कलात्मक वस्तुहरुको व्यापारमा २६ करोड रुपैयाँ नाफा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला