२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारको विश्वसनीयता संकटमा: “वाइडबडीमा राईको दोहोरो भूमिका,अनुसन्धानकर्ता कि अभियुक्त?”

२०८२, ९ श्रावण बिहीबार १५:१५

काठमाडौँ | विशेष अदालतको फैसलाले अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको भूमिकामाथि गम्भीर न्यायिक टिप्पणी गरेको छ। वाइडबडी विमान खरिद प्रकरणमा राईमाथि छानबिन नै नगरी मुद्दा नचलाउनु ‘समान न्यायको सिद्धान्त’ विपरीत भएको ठहर अदालतले गरेको छ।

राई जहाज खरिद प्रक्रियाको प्रारम्भदेखि नै निर्णयमा निर्णायक रुपमा संलग्न थिए-पर्यटन सचिव, निगम अध्यक्ष, सञ्चय कोष अध्यक्षजस्ता भूमिकामा। अख्तियारको अनुसन्धान र अभियोजन निर्णय पनि उनले नै गरे, जसले निष्पक्षता र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

अदालतले ‘चयनमुखी अभियोजन’ भएको ठहर दिंदै न्यायप्रणालीप्रति विश्वास डगमगाउने निर्णय भएको टिप्पणी गरेको छ। यसैका आधारमा राई अख्तियारको प्रमुख आयुक्त पदमा रहिरहनु नैतिक, कानुनी र संस्थागत दृष्टिले समेत अयोग्य ठहरिन्छ।

यसअघिका नेपाल आयल निगमको जग्गा खरिद र भुटानी शरणार्थी प्रकरणमा पनि राईको नाम जोडिएको छ। यस्ता विवाद र आरोपबीच अख्तियारजस्तो संवैधानिक निकायमा उनीजस्ता पात्रको रहनु संस्थाको निष्पक्षता, गरिमा र विश्वसनीयता माथि खतरा हुने स्पष्ट देखिन्छ।

अबको पहिलो र अनिवार्य सर्त भनेको नै-राईको राजीनामा वा निष्कासन हो । अन्यथा संसद्ले महाभियोगको प्रक्रिया अघि बढाउनुपर्छ। यो सरकार, संसद र समग्र सुशासन प्रणालीको ‘अग्नि परीक्षा’ हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन