२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अख्तियारको विश्वसनीयता संकटमा: “वाइडबडीमा राईको दोहोरो भूमिका,अनुसन्धानकर्ता कि अभियुक्त?”

९ श्रावण २०८२, बिहीबार १५:१५

काठमाडौँ | विशेष अदालतको फैसलाले अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको भूमिकामाथि गम्भीर न्यायिक टिप्पणी गरेको छ। वाइडबडी विमान खरिद प्रकरणमा राईमाथि छानबिन नै नगरी मुद्दा नचलाउनु ‘समान न्यायको सिद्धान्त’ विपरीत भएको ठहर अदालतले गरेको छ।

राई जहाज खरिद प्रक्रियाको प्रारम्भदेखि नै निर्णयमा निर्णायक रुपमा संलग्न थिए-पर्यटन सचिव, निगम अध्यक्ष, सञ्चय कोष अध्यक्षजस्ता भूमिकामा। अख्तियारको अनुसन्धान र अभियोजन निर्णय पनि उनले नै गरे, जसले निष्पक्षता र नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

अदालतले ‘चयनमुखी अभियोजन’ भएको ठहर दिंदै न्यायप्रणालीप्रति विश्वास डगमगाउने निर्णय भएको टिप्पणी गरेको छ। यसैका आधारमा राई अख्तियारको प्रमुख आयुक्त पदमा रहिरहनु नैतिक, कानुनी र संस्थागत दृष्टिले समेत अयोग्य ठहरिन्छ।

यसअघिका नेपाल आयल निगमको जग्गा खरिद र भुटानी शरणार्थी प्रकरणमा पनि राईको नाम जोडिएको छ। यस्ता विवाद र आरोपबीच अख्तियारजस्तो संवैधानिक निकायमा उनीजस्ता पात्रको रहनु संस्थाको निष्पक्षता, गरिमा र विश्वसनीयता माथि खतरा हुने स्पष्ट देखिन्छ।

अबको पहिलो र अनिवार्य सर्त भनेको नै-राईको राजीनामा वा निष्कासन हो । अन्यथा संसद्ले महाभियोगको प्रक्रिया अघि बढाउनुपर्छ। यो सरकार, संसद र समग्र सुशासन प्रणालीको ‘अग्नि परीक्षा’ हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव