२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु

११ श्रावण २०८२, शनिबार १२:४२

काठमाडौँ | रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर भारतीय युवकको मृत्यु भएकाे छ । जल लिने क्रममा डुबेर बेपत्ता भएका भारतीय युवकको शनिबार शव फेला परेको हो।

मृत्यु हुनेमा बिहार सीतामढी जिल्लाको ग्राम जमुआहा १ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवनकुमार साह रहेका छन् । शुक्रबार साँझ ७ बजे साह नदीमा डुबेर बेपत्ता भएका थिए।

शनिबार साहका परिवारले इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई बेपता भएको जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहान सवा १० बजे घटनास्थलदेखि करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार पवनको परिवारले शवको पहिचान गरेको छ। परीक्षण तथा आवश्यक कानुनी प्रक्रियापश्चात् शव परिवारलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव