२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली

२०८२, ११ श्रावण शनिबार १७:१८

काठमाडौँ | झापामा प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ।

शनिबार दिउँसो भद्रपुर नगरपालिका–५ मा प्रहरीमाथि नै आक्रमण गरी भाग्न खोजेपछि भारतको किसनगञ्जका ३६ वर्षीय मोहम्मद इस्लामलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट करिब १२० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले भित्री सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई नियन्त्रणमा लिन खोजेको थियो।

सो क्रममा उनले प्रहरी टोलीमाथि नै जाइलागी भाग्न प्रयास गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको बताएको छ।

गोली लागेर घाइते भएका इस्लामलाई तत्कालै नियन्त्रणमा लिई उपचारका लागि प्रादेशिक अस्पताल, भद्रपुरमा भर्ना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा