२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हायु परिवारका १६ जना ४ दिनदेखि बेपत्ता भएको आशंका: खोजी कार्य सुरु,हायुको घरमा सामान्य क्षति

२०८२, १३ श्रावण सोमबार १४:५३

काठमाडौँ | सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता घटनामा स्थानीयदेखि प्रहरी प्रशासनसम्मले खोजी सुरु गरेका छन् । लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, स्थानीय प्रशासन (पालिका तथा वडा) र प्रहरीले खोजी सुरु गरेका छन् ।

 

बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले ढिलो गरी सूचना प्राप्त भएको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए । ‘घटना हेर्दा शुक्रबार, शनिबारबाटै उनीहरु सम्पर्कबिहिन भएको जस्तो देखिन्छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाए । सोमबार बिहान जानकारी पाउनसाथ प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका छौं’ अध्यक्ष बरालले भने ।

पालिकाबाट अहिले उक्त ठाउँमा कर्मचारी समेत पठाइएको बरालले बताए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार हराएको भन्ने सूचना आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।

 

उनका अनुसार अहिले हायुको घरमा इन्स्पेक्टरसहितको टोली पठाइएको छ । घटनाबारे स्थानीय, वडा र पालिकासँग सोधपुछ गरेर खोजी सुरु गरिएको छ । हायु जातिलाई राज्यले मासिक सामाजिक सुरक्षा भत्ता दिने भएकाले उक्त भत्ता लिएर कतै गएका हुन् कि भन्ने हिसाबले यसबारे पनि बुझ्ने काम भएको उनले बताए ।

उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, अलपत्र अवस्थामा रहेको पाइएको छ । तर हायुको परिवारका कोही सदस्य पनि घरमा छैनन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा