२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

मलेसियाबाट नेपाल फर्किएका सुरेन्द्र बाँच्न पाएनन्:छामघाटमा शव! हत्याको आशंका,श्रीमतीको अर्कोसंग विवाह

१४ श्रावण २०८२, मंगलवार १२:४७

काठमाडौँ | साउन ११ गते बिहान दैलेखको छामघाट खोलानजिक एक युवकको शव फेला परेको छ। शव चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालका अनुसार सुरेन्द्रको शव दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा भेटिएको हो। सुरेन्द्रका आफन्तका अनुसार उनी दुई साता अघि मात्रै नेपाल आएका थिए। करिब ३३ महिना रोजगारिका लागि मलेसियामा बसेका सुरेन्द्र असार ३२ गते मात्रै नेपाल फर्किएका हुन्।

मलेसियामा करिब ३३ महिना मजदुरी गरेर फर्किएका सुरेन्द्र असार ३२ गते नेपाल आएका थिए। उनी असार ३२ गते काठमाडौँ ओर्लिका सुरेन्द्र दैलेखमा रहेका आमाबुवालाई भेट्ने धोकोसहित सुर्खेत आए। सुर्खेतको वीरेन्द्रनगरमा पढ्न बसेका भाइबहिनी र आफ्ना छोराछोरीसँग करिब एक साताजति बसे। साउन १० गते घर फर्कंदै थिए। तर, निर्धारित दिनमा घर नपुगी भोलिपल्ट शव फेला परेको हो।

सुरेन्द्रका दाइ दिपक शाहीका अनुसार उनले सामान्यतः प्रयोग हुने बाटो छोडेर दैलेख बजारको सडक प्रयोग गरेका थिए, जुन असामान्य देखिएको छ।उनले घर जान किन त्यो सडक प्रयोग गरे खुलिसकेको छैन। दाइ दिपकका अनुसार साउन १० गते नै घरमा आइ पुग्नुपर्ने सुरेन्द्र घरमा त्यो दिन रातिसम्म पनि घर पुगेनन्। साउन ११ गते साँझ एकैचोटी उनको शव भेटिएको खबर गाउँमा फैलियो।

शवमा घाँटीमा डोरी कसेको र टाउकोमा गम्भीर चोट देखिएको परिवारको भनाइ छ। परिवारले हत्या भएको आशंका गर्दै दोषी पत्ता नलागेसम्म पोष्टमार्टम गर्न मानेका छैनन्। शव जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ।

सुरेन्द्रका ४, ६र ८ वर्षका तीन सन्तान छन्। श्रीमतीले एक वर्षअघि अर्कोसँग विवाह गरेको परिवारको दाबी छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव