२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा भाइरल ज्वरोको महामारी

२०७४, २९ भाद्र बिहीबार ०२:५२

भदौ २९, दोलखा । दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । 

भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका छन् । सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै दिनहुँ ५०, अरु स्वास्थ्य संस्थाको तथ्याँक हेर्दा करिब १०० को हाराहारीमा दैनिक उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल डाइरेक्टर डा विनोद दंगालले विगतका दिनमा भन्दा एक सातायता ५० भन्दा बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेका बताउनुभयो । 

ग्रामीण भेगमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाले दिएको तथ्याँकमा अन्य समयमा भन्दा एक सातायता ७५ प्रतिशत उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको जनाइएको छ । यता सामुदायिक अस्पतालमा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । 

जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछोडी सेवा दिन जिल्ला स्वास्थ्य कार्यालय दोलखाले निर्देशन दिइसकेको कार्यालयका निमित्त प्रमुख डम्बर थोकरले बताउनुभयो । 

भाइरल ज्वरो आउँदा उच्च ज्वरो आउने, कमजोरी महसुस हुने, जिउ दुख्ने, बान्ता हुने, खोकी लाग्नेजस्ता लक्षण देखिएको छ । लगातार तीन दिनसम्म उच्च ज्वरो आएमा डाक्टरको सल्लाहअनुसार एन्टिवायोटिकलगायतका औषधि सेवन गरी आराम गर्न आवश्यक छ । 

थोकरले भन्नुभयो “उमालेको पानी र झोलिलो पदार्थ बढी सेवन गरे रोग नियन्त्रणमा टेवा पुग्न सक्छ । यस्ता आधारभूत कुरामा ध्यान पु¥याउन सके भाइरल ज्वरोबाट निकै हदसम्म बच्न सकिने हुनाले समयमै ध्यान पु¥याउनु पर्दछ ।” 

यो मुख्यगरी ‘इन्फ्लुएन्जा भाइरस’ अथवा ‘राइनो भाइरस’ जस्ता विभिन्न प्रकारका भाइरसको इन्फेक्सनबाट हुने समस्या हो । त्यसमा धेरैजसोलाई रुघाखोकी लाग्ने, वाकवाक हुने, टाउको दुख्ने, ज्वरो आउने हुन्छ । यसबाट जोगिनका लागि हामीले सबैभन्दा पहिले आफूसँग जुन किसिमको रोग छ त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । 

निमित्त कार्यालय प्रमुख थोकर भन्नुहुन्छ “रुघाखोकी लाग्दा बाफ लिने, पर्याप्त मात्रामा झोलिलो कुरा खाने ग¥यो भने भाइरस आफैँ घट्दै जान्छ । तर कुनै–कुनै अवस्थामा कामज्वरो आउने, धेरै ज्वरो आउने, तारन्तार खोकी लाग्ने, बेस्सरी छाती दुख्ने, स्याँस्याँ बढ्ने भयो भने चाँही भाइरल इन्फेक्सन, ब्याक्टेरिया इन्फेक्सन अथवा निमोनियामा परिणत भयो भन्ने बुझेर बिरामीलाई तत्काल अस्पताल लैजानु पर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल