२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अभिनेत्री राम्याविरुद्ध बलात्कार र हत्याको धम्की, दर्शनको अपराध देखाउदा यौन हिंसाको धम्की

२०८२, १४ श्रावण मंगलवार १७:५७

काठमाडौँ | कन्नड अभिनेत्री तथा मान्ड्याकी पूर्व सांसद राम्या (दिव्या स्पन्दना)ले अभिनेता दर्शन थुगुदीपाका फ्यानहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। सामाजिक सञ्जालमा आफूलाई लगातार बलात्कार गर्ने र ज्यान मार्ने धम्की आएपछि उनले यो कदम चालेकी हुन्।

रेणुकास्वामी हत्या प्रकरणमा मुख्य अभियुक्तका रूपमा रहेका अभिनेता दर्शनलाई कडा कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि राम्यालाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आउन थालेको थियो। राम्याले सोमबार प्रहरी आयुक्तको कार्यालय र राज्य महिला आयोगमा उजुरी दिएकी हुन्। उनको उजुरी स्वीकार गरी अनुसन्धानका लागि साइबर क्राइम ब्रान्चमा पठाइएको छ। उजुरीमा ४३ वटा सामाजिक सञ्जाल खाताहरूलाई लक्षित गरिएको छ।

सञ्चारमाध्यमसँग कुरा गर्दै राम्याले भनिन्, ‘एक सेलिब्रिटी भएकाले सामाजिक सञ्जालमा ट्रोलिङको बानी नै परिसकेको छ, तर यसपटकको जस्तो कहिल्यै भोगेकी थिइनँ।’ उनले धेरै खाताहरूबाट धम्की आए पनि निकै अश्लील र धम्कीपूर्ण टिप्पणी गर्नेहरूविरुद्ध मात्र उजुरी दिएको स्पष्ट पारिन्। अभिनेत्रीका अनुसार, उनले २४ जुलाईमा रेणुकास्वामी हत्या प्रकरणमा सर्वोच्च अदालतको कारबाहीसँग सम्बन्धित एउटा समाचार सेयर गरेकी थिइन्, जसमा उनले पीडित परिवारले न्याय पाउनुपर्ने माग गरेकी थिइन्।

हालै सर्वोच्च अदालतले रेणुकास्वामी हत्याकाण्डका मुख्य अभियुक्त दर्शनलाई जमानत दिने कर्नाटक उच्च अदालतको निर्णयप्रति कडा टिप्पणी गरेको थियो। त्यसपछि राम्याले एक पोस्टमा लेखेकी थिइन्, ‘सर्वोच्च अदालत आम भारतीय जनताका लागि आशाको किरण हो। रेणुकास्वामीको परिवारले न्याय पाओस्।’

के हो रेणुकास्वामी हत्या प्रकरण ?

कन्नड अभिनेता दर्शन थुगुदीपामाथि आफ्नै फ्यान रेणुकास्वामी (पुरुष)को हत्या गरेको आरोप छ। रेणुकास्वामीको शव गत जुन ९ मा बेङ्गलुरुको कामाक्षीपाल्या क्षेत्रमा रहेको एउटा अपार्टमेन्ट नजिकै फेला परेको थियो।

प्रहरी अनुसन्धानअनुसार, ३३ वर्षीय मृतक रेणुकास्वामी अभिनेता दर्शनका ठूला फ्यान थिए। यसै वर्षको जनवरीमा कन्नड अभिनेत्री पवित्रा गौडाले दर्शनसँग आफ्नो १० वर्षे सम्बन्धको एनिवर्सरी मनाएकी थिइन्। दर्शन पहिल्यै विवाहित भएकाले यो सम्बन्ध विवादमा तानिएको थियो।

यस खबरले रेणुकास्वामी निकै रिसाएका थिए। उनले पवित्रालाई सामाजिक सञ्जालमा निरन्तर मेसेज पठाएर दर्शनबाट टाढा रहन भनिरहेका थिए। सुरुमा पवित्राले उनका मेसेजलाई बेवास्ता गरे पनि पछि रेणुकास्वामीले आपत्तिजनक मेसेज पठाउँदै धम्की दिन थाले।

त्यसपछि पवित्राले दर्शनलाई रेणुकास्वामीलाई ‘सजाय’ दिन उक्साएको आरोप छ। दर्शनले आफ्ना साथीहरूको सहयोगमा रेणुकास्वामीलाई अपहरण गराएर एउटा गोदाममा लगे। त्यहाँ हत्या गर्नुअघि उनलाई नृशंस यातना दिइएको थियो।

प्रहरीका अनुसार, गोदाममा दर्शन र उनका साथीहरूले रेणुकास्वामीलाई कुटपिट गरे, जसकारण उनको मृत्यु भयो। हत्यापछि उनीहरूले रगत लागेका कपडा नजिकैको पसलबाट नयाँ कपडा किनेर फेरेका थिए।

प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज जाँच गर्दा दर्शन र पवित्रा अपराध स्थलबाट निस्किँदै गरेको देखिएको थियो। राति ११ बजेदेखि ३ बजेसम्म दुवैको मोबाइल नम्बर त्यही क्षेत्रमा सक्रिय रहेको पाइएको थियो। यही प्रमाणको आधारमा प्रहरीले जुन ११, २०२४ मा दर्शन र पवित्रा गौडालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन