२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अभिनेत्री राम्याविरुद्ध बलात्कार र हत्याको धम्की, दर्शनको अपराध देखाउदा यौन हिंसाको धम्की

१४ श्रावण २०८२, मंगलवार १७:५७

काठमाडौँ | कन्नड अभिनेत्री तथा मान्ड्याकी पूर्व सांसद राम्या (दिव्या स्पन्दना)ले अभिनेता दर्शन थुगुदीपाका फ्यानहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन्। सामाजिक सञ्जालमा आफूलाई लगातार बलात्कार गर्ने र ज्यान मार्ने धम्की आएपछि उनले यो कदम चालेकी हुन्।

रेणुकास्वामी हत्या प्रकरणमा मुख्य अभियुक्तका रूपमा रहेका अभिनेता दर्शनलाई कडा कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि राम्यालाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आउन थालेको थियो। राम्याले सोमबार प्रहरी आयुक्तको कार्यालय र राज्य महिला आयोगमा उजुरी दिएकी हुन्। उनको उजुरी स्वीकार गरी अनुसन्धानका लागि साइबर क्राइम ब्रान्चमा पठाइएको छ। उजुरीमा ४३ वटा सामाजिक सञ्जाल खाताहरूलाई लक्षित गरिएको छ।

सञ्चारमाध्यमसँग कुरा गर्दै राम्याले भनिन्, ‘एक सेलिब्रिटी भएकाले सामाजिक सञ्जालमा ट्रोलिङको बानी नै परिसकेको छ, तर यसपटकको जस्तो कहिल्यै भोगेकी थिइनँ।’ उनले धेरै खाताहरूबाट धम्की आए पनि निकै अश्लील र धम्कीपूर्ण टिप्पणी गर्नेहरूविरुद्ध मात्र उजुरी दिएको स्पष्ट पारिन्। अभिनेत्रीका अनुसार, उनले २४ जुलाईमा रेणुकास्वामी हत्या प्रकरणमा सर्वोच्च अदालतको कारबाहीसँग सम्बन्धित एउटा समाचार सेयर गरेकी थिइन्, जसमा उनले पीडित परिवारले न्याय पाउनुपर्ने माग गरेकी थिइन्।

हालै सर्वोच्च अदालतले रेणुकास्वामी हत्याकाण्डका मुख्य अभियुक्त दर्शनलाई जमानत दिने कर्नाटक उच्च अदालतको निर्णयप्रति कडा टिप्पणी गरेको थियो। त्यसपछि राम्याले एक पोस्टमा लेखेकी थिइन्, ‘सर्वोच्च अदालत आम भारतीय जनताका लागि आशाको किरण हो। रेणुकास्वामीको परिवारले न्याय पाओस्।’

के हो रेणुकास्वामी हत्या प्रकरण ?

कन्नड अभिनेता दर्शन थुगुदीपामाथि आफ्नै फ्यान रेणुकास्वामी (पुरुष)को हत्या गरेको आरोप छ। रेणुकास्वामीको शव गत जुन ९ मा बेङ्गलुरुको कामाक्षीपाल्या क्षेत्रमा रहेको एउटा अपार्टमेन्ट नजिकै फेला परेको थियो।

प्रहरी अनुसन्धानअनुसार, ३३ वर्षीय मृतक रेणुकास्वामी अभिनेता दर्शनका ठूला फ्यान थिए। यसै वर्षको जनवरीमा कन्नड अभिनेत्री पवित्रा गौडाले दर्शनसँग आफ्नो १० वर्षे सम्बन्धको एनिवर्सरी मनाएकी थिइन्। दर्शन पहिल्यै विवाहित भएकाले यो सम्बन्ध विवादमा तानिएको थियो।

यस खबरले रेणुकास्वामी निकै रिसाएका थिए। उनले पवित्रालाई सामाजिक सञ्जालमा निरन्तर मेसेज पठाएर दर्शनबाट टाढा रहन भनिरहेका थिए। सुरुमा पवित्राले उनका मेसेजलाई बेवास्ता गरे पनि पछि रेणुकास्वामीले आपत्तिजनक मेसेज पठाउँदै धम्की दिन थाले।

त्यसपछि पवित्राले दर्शनलाई रेणुकास्वामीलाई ‘सजाय’ दिन उक्साएको आरोप छ। दर्शनले आफ्ना साथीहरूको सहयोगमा रेणुकास्वामीलाई अपहरण गराएर एउटा गोदाममा लगे। त्यहाँ हत्या गर्नुअघि उनलाई नृशंस यातना दिइएको थियो।

प्रहरीका अनुसार, गोदाममा दर्शन र उनका साथीहरूले रेणुकास्वामीलाई कुटपिट गरे, जसकारण उनको मृत्यु भयो। हत्यापछि उनीहरूले रगत लागेका कपडा नजिकैको पसलबाट नयाँ कपडा किनेर फेरेका थिए।

प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज जाँच गर्दा दर्शन र पवित्रा अपराध स्थलबाट निस्किँदै गरेको देखिएको थियो। राति ११ बजेदेखि ३ बजेसम्म दुवैको मोबाइल नम्बर त्यही क्षेत्रमा सक्रिय रहेको पाइएको थियो। यही प्रमाणको आधारमा प्रहरीले जुन ११, २०२४ मा दर्शन र पवित्रा गौडालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य