२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा बलात्कार मुद्दामा दोषी:सत्ताको आडमा यौन हिंसा

२०८२, १८ श्रावण शनिबार १२:३४

काठमाडौँ | भारतका पूर्वप्रधानमन्त्रीका नाती, पूर्वमन्त्रीका छोरा तथा आफैं पनि पूर्वसांसद रहेका ३४ बर्षिय प्रज्वल रेवन्ना बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। उनको सजाय शनिबार तय हुने ‘दी इन्डियन एक्सप्रेस’ले जनाएको छ।

बेंगलुरुमा विशेष अदालतले शुक्रबार जनता दल सेक्युलरका पूर्वसांसद प्रज्वललाई कर्नाटकको हसन जिल्लामा गत वर्ष दर्ता भएका तीन बलात्कार मुद्दा मध्ये एकमा दोषी ठहर गरेको हो।

यो दोषी ठहरले पूर्वप्रधानमन्त्री एचडी देवेगौडाका नाति, कर्नाटकका पूर्वमन्त्री एचडी रेवन्नाका छोरा र केन्द्रीय मन्त्री एचडी कुमार स्वामीका भतिजालाई १० देखि १४ वर्षको जेल सजाय हुने भएको छ।

फैसलापछि प्रज्वललाई अदालतको हलबाट बाहिर निकाल्दा आँसु बगाएको देखियो। उनीमाथि कथित यौन दुव्र्यवहारको आरोपसँग सम्बन्धित चौथो मुद्दा पनि चलिरहेको छ।

‘सीआरपीसीको धारा २३५(२) अन्तर्गत कारबाही गर्दै, आरोपी प्रज्वल रेवन्नालाई भारतीय दण्ड संहिताको धारा ३७६(२)(प), ३७६(२)(ल), ३५४– ए, ३५४– बी, ३५४– सी, ५०६, २०१ र सूचना प्रविधि ऐन २००८ को धारा ६६(इ) अन्तर्गत दण्डनीय अपराध गरेकोमा दोषी ठहर गरिएको छ। सजायको मात्रा सुनुवाइको लागि, जेल अधिकारीहरूलाई अर्को सुनुवाइको मितिमा अभियुक्तलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको छ’, विशेष सत्र अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले आफ्नो संक्षिप्त आदेशमा भने।

प्रज्वललाई उनको परिवारको स्वामित्वमा रहेको फार्महाउसमा एक मध्यम उमेरकी महिला, घरेलु कामदारलाई बलात्कार गरेको आरोप लगाइएको थियो। यौन उत्पीडन र आपराधिक धम्कीसँग सम्बन्धित आईपीसीको धारा ३७६(२) (प) अन्तर्गत “नियन्त्रण वा प्रभुत्वको स्थितिमा’’ रहँदा बलात्कारको आरोप लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन