३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भिडियो कलको कारण १७ वर्षीया किशोरीको हत्या! प्रेमीको चक्कु प्रहारले लियो ज्यान

१८ श्रावण २०८२, शनिबार १७:१०

काठमाडौँ | कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियाँस्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत १७ वर्षीया किशोरी याचना सेजवालको हत्या अर्को केटासँग बाेल्दा भएको खुलेको छ। दुई जनाबीच प्रेम सम्बन्धमा आएको विवादपछि हत्या भएको खुलेको हो।

प्रहरीका अनुसार मृतक सेजवाल सो रेस्टुरेन्टमा १६ दिनअघि मात्रै काम गर्न थालेकी थिइन्। त्यही क्रममा किचेनमा कार्यरत ३३ वर्षीय नृप साउदसँग उनी नजिकिइन्। प्रारम्भिक अनुसन्धानअनुसार केही समयअघि मात्रै साउदको वैवाहिक सम्बन्ध विच्छेद (डिभोर्स) भएको थियो।

डिभोर्सपछि उनी तनावमा थिए भने याचनासँगको सम्बन्ध प्रेममा परिणत भएपछि उनलाई तनाव केही कम भएको प्रहरीको भनाइ छ।

नृपले आफ्नो डिभोर्स भए पनि अब जीवनमा याचनाले साथ दिने भन्दै पुराना दिन बिर्सिँदै याचनासँगको सम्बन्धलाई प्रगाढ बनाउँदै अघि बढेको खुलेको छ। तर पछिल्ला केही दिनदेखि याचनाले अन्य केटासँग भिडियो कल , च्याट गर्ने गरेको देखेपछि साउद असन्तुष्ट बनेको प्रहरीले जनाएको छ। सोही कुराबाट दुईबीच मनमुटाव सुरु भएको थियो।

शुक्रबार राति मात्रै दुवै जनाबीच भाग्ने सहमति भएको तर अन्तिममा याचनाले भाग्न नमानेपछि नृप आक्रोशित बनेका थिए।
शनिबार बिहान करिब १० बजे कामकै समयमा रेस्टुरेन्टभित्रै आक्रोशित साउदले धारिलो चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल लगिएको थियो, उनको उपचारका क्रममा मृत्यु भयो।

सेजवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल राखिएको छ। उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन