२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको इजलासमा रवीन्द्र मिश्रको कविता-‘राज्यले छातीमा गोली हान्दा निर्दोष ,नागरिकले ढुंगा हान्दा जेलमा

२०८२, २० श्रावण सोमबार १६:४३

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आज फेरि एकपटक अदालतको इजलासमा उभिए । जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएपछि सरकारी पक्षले उच्च अदलातमा पुनरावेदन गरेकोमा आज अन्तिम बहस भएको थियो ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा वकिलहरुको बहस सकिएपछि मिश्रले थोरै समय लिएर बोलेका थिए । उनले राज्यबाट आफूमाथि प्रतिशोधपूर्ण व्यवहार जारी राखेको गुनासो सुनाए । आफू हिंसात्मक घटनामा संलग्न रहेको प्रमाण देखाउन उनले चुनौती दिए ।

मिश्रको भनाइको सार यस्तो थियो:

लोकतान्त्रिक गणतन्त्रमा राज्यले प्रतिशोाध लिन चाह्यो भने कसरी जेरी घुमाएको जसरी घुमाउँदो रहेछ भन्ने मैले यो क्रममा अनुभव गरे । यहाँ राज्यको तर्फबाट, सरकारको तर्फबाट प्रयोग भएका वाक्यहरु सुनेर छक्क परेको छु । क्रियापदलाई प्रयोग गर्दा हुन सक्छ भन्नु र गर्छौं भन्नुमा आकाश पातालको फरक छ । यो यो भयो भने राज्य ग्रे लिस्टमा पर्न सक्छ भन्नु कुनै अपराध होइन । अर्थशास्त्रीले नेपाल ‘फेलियर स्टेट हुन लाग्यो’ भनेर भनिसकेका छन् ।

हामीले अहिलेको बदलिएको भूराजनीतिमा युक्रेन जस्तो देश हुन सक्छ भनेर अन्तर्राष्ट्रिय रुपमा भनिएको छ । ‘हुन सक्छ’ भन्छु र ‘बनाइदिन्छु’ भन्नुमा अन्तर छ । उहाँहरु आएर सिधै वाक्य बिगारेर ‘बनाइदिन्छु’ भनेको छ भन्नुहुन्छ । कहाँ छ मैले भनेको ? देखाउनु पर्यो।

मलाई हिजो आएर एकजना पीडित पक्षले, म उहाँसँग सहानुभूति (सिम्पेथाइज) राख्छु, उहाँले भन्नुभयो, ‘प्रहरीले भनेपछि मैले त्यहाँ रविन्द्र मिश्र घरमा पस्नुभयो भनेर भनेँ ।’ म कहाँ घरमा पसेको छु? मलाई देखाइदिनु पर्यो ।

मैले ‘एयरपोर्ट कब्जा गर्न जाउँ’ भनेँ भनेर यहाँ हिजो सरकारी पक्षका वकिलहरुले भन्नुभयो । मैले कहाँ बोलेको छु ? देखाइदिनु पर्यो । श्रीमान्, म आन्दोलनमा गएको हो, तर कुनै हिंसात्मक शब्द मैले प्रयोग गरेको छैन । कहीँ कतै हिंसामा संलग्न भएको छैन । यो पवित्र ठाउँमा आएर यसरी झुठो कुराहरु, विशेषण जोडेर, नभएका क्रियापद प्रयोग गरेर निर्दोष मान्छेलाई जेल हाल भनेर बहस (आग्र्युमेन्ट) गर्ने ? र जेल गएपछि ‘हामीले आफ्नो दायित्व पूरा गर्यौँ’ भनेर भन्ने ? दायित्व पूरा गर्दाखेरि विवेकको पनि प्रयोग हुनुपर्छ श्रीमान्, र विवेक बन्दक राखेर यसरी गर्न हुँदैन भन्ने मेरो आग्रह छ ।

र म एक मिनेट मात्रै समय लिएर यो राज्यले कस्तो किसिमको व्यवहार गरिरहेको छ भन्ने सन्दर्भमा चार लाइनको कविताको अंश भन्छु । यो भावना होइन, तथ्य हो:

‘उसले घुँडामुनि हान्नुपर्ने गोली छातीमै हान्यो
उसलाई कानून लाग्दैन किनभने ऊ राज्य हो
साथीको छातीमै गोली लागेको देखेर
आक्रोशित पुष्करले ढुंगा हान्यो
उसलाई कानून लाग्छ
किनभने ऊ नागरिक हो’

राज्यको दृष्टिकोणमा नागरिक र राज्य फरक हुन सक्दैन । राज्यको जति अधिकार छ, हाम्रो पनि त्यति नै अधिकार छ । घुँडामुनि हान्ने गोली छातीमा हानेर अनि यहाँ आएर ढुंगा हान्नेलाई जेलमा हाल भनेर बहस गर्न मिल्दैन श्रीमान् । हामीमाथि न्याय होस् । मैले चाहेको त्यत्ति हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन