२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतमा नेपाली मूलकी युवतीमाथि निर्घात कुटपिट,न त प्रमाण, न त अपराध ड्रोन चोरेको आरोपमा कुटपिट( भिडीयोसहित)

२०८२, २० श्रावण सोमबार १८:०२

काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित बरेलीमा नेपाली मूलकी युवतीलाई चोरको आरोप लगाउँदै अमानवीय व्यवहार गरेको भिडिओ सामाजिक सञ्जाल भाइरल भएको छ । शुक्रबार राति भएको घटनामा युवतीलाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको देखिन्छ ।

भारतीय सञ्चारमाध्यम फ्री प्रेस जर्नलका अनुसार नोएडामा काम गर्ने नेपाली मूलकी युवती सुस्मिता शालु (उपनाम काजल) लाई भिडले नियन्त्रणमा लिई कुटपिट गरेको हो । यसबारे स्थानीय प्रहरीले तत्काल कारबाही अगाडि बढाउँदै चार जनालाई पक्राउ गरेको बरेलीका एसपी (सिटी) मनिष पाण्डेले एक भिडिओमा बताएका छन् । घटनाका अन्य संलग्नको खोजी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

के थियो घटना ?

यो घटना बरेलीको किला थाना क्षेत्रअन्तर्गत पर्ने मोहल्ला बारादरीको भएको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुस्मिता कामको सिलसिलामा रेशम सिंह र विनय गंगवार नामका व्यक्तिले बोलाएपछि नोएडाबाट बरेली गएकी थिइन् ।

शुक्रबार राति करिब साढे १ बजे उनी घरको छतमा फोनमा कुरा गरिरहेकी थिइन् । त्यहीबेला स्थानीयले अपरिचित व्यक्ति देखेपछि ‘चोर-चोर’ भन्दै होहल्ला गर्न थाले । भिड जम्मा भएको र आफूमाथि आक्रमण हुनसक्ने डरले सुस्मिताले भाग्ने प्रयासमा छतबाट हाम फालेकी थिइन् । जसकारण उनको खुट्टामा चोट लाग्यो ।

तल खसेर घाइते भएकी उनलाई भिडले समातेर अमानवीय तरिकाले कुटपिट गर्‍यो । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा उनलाई भिडले घेरेको र एक व्यक्तिले कपाल समातेर तानेको देखिन्छ । रगतले लतपतिएकी उनी हात जोड्दै “प्रहरीलाई बोलाउनुहोस्, म भाग्दिनँ” भन्दै गुहार मागिरहेकी छिन्, तर भिडले उनको कुरा सुनेन । उल्टै ‘डोरी ल्याएर बाँध्’ भन्दै उनलाई डोरीले बाँधेर यातना दिएको अर्को भिडिओमा देखिन्छ ।

घटनाको सूचना पाएलगत्तै किला थानाको प्रहरी टोली घटनास्थलमा पुगेको एसपी पाण्डेले बताएका छन् । प्रहरीले घाइते युवतीलाई उद्धार गरी जिल्ला अस्पतालमा भर्ना गरेको छ । पाण्डेका अनुसार युवतीको अवस्था हाल सामान्य छ ।

पीडितको उजुरीका आधारमा कानुनका गम्भीर धाराहरू अनुसार मुद्दा अगाडि बढाइएको उनले जनाएका छन् । साथै भिडिओ फुटेजका आधारमा चार जना आरोपीलाई गिरफ्तार गरिएको र संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पनि चाँडै गिरफ्तार गरिने र कानुनी कारबाही गरिने उनले बताएका छन् ।

प्रहरीले पीडित महिलाको थप व्यक्तिगत जानकारी खुलाएको छैन ।

‘ड्रोन चोर’ को अफवाहले कुटपिट !

यो घटना बरेली र आसपासका क्षेत्रमा फैलिएको ‘ड्रोन चोर’ को अफवाहको पछिल्लो परिणाम भएका त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केही समयदेखि त्यस क्षेत्रमा ड्रोनबाट चोरी गर्ने गिरोह सक्रिय रहेको हल्ला फैलिएको छ । यही अफवाहका कारण अपरिचित र मानसिक अवस्था ठीक नभएका व्यक्तिहरूमाथि भिडले आक्रमण गर्ने घटना बढेका छन् ।

यो घटना हुनु दुई दिनअघि मात्रै बरेलीको भोजीपुरा क्षेत्रमा एक अपरिचित व्यक्तिलाई भिडले कुटपिट गरी हत्या गरेको थियो । प्रहरीले बारम्बार अफवाहमा विश्वास नगर्न र कानुन हातमा नलिन अपिल गरे पनि यस्ता घटना रोकिएका छैनन् । प्रहरीले अफवाह फैलाउनेहरूमाथि समेत कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन