२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पक्राउ पर्ने डरले नक्कली वंशजको नागरिकता,१९ वर्षपछि प्रहरीको फन्दामा

२०८२, २३ श्रावण बिहीबार १७:३०

काठमाडौँ | कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ ।

सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल धामीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।

 

धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिसईबीका कारण हतियार प्रहार गरेर हत्या गरेका थिए । रातको समयमा उनीहरूले मृतक मोक्तानको घरमा पुगेर हत्या गरी नालामा फालेका थिए ।

 

धामीलाई जन्मकैदको सजाय सुनाइएको थियो । यद्यपि उनी फरार थिए । फरार रहेका धामीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा उनले पक्राउ पर्ने डरले नक्कली नागरिकता बनाएको खुलेको छ ।

प्रहरीका अनुसार, २०६८ साल जेठ २६ गते उनले जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाएका थिए । मामा नाता पर्ने ननुलाल धामीलाई वंशजको आधारमा उनले नागरिकता बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश