२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी बेचेको आरोपमा एक पक्राउ

२०८२, २६ श्रावण आईतवार १४:३४

काठमाडौँ | काठमाडौँको पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी बेचेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्यघाटमा लामो समय काम गरेका घाटे (शव जलाउने व्यक्ति) गणेश ढकाल छन् । प्रहरी वृत्त गौशाला प्रमुख डीएसपी शुकदेव खनालका अनुसार ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा झिकेको देख्ने मलामीले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालिएको छ । ‘ढकाल अहिले हाम्रो नियन्त्रणमा छन्, उनले हड्डी झिकेर जोगीलाई बिक्री गरेको स्वीकार गरेका छन् , तर, आफ्नो आँखा कमजोर भएकाले कसलाई बिक्री गरेको हो, त्यो ठम्याउन नसकेको बयान दिएका छन् ।’

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ का राम शाहीको शव शुक्रबार जलाउन पशुपति आर्यघाटमा लगिएको थियो । शाहीको शव ढकालले नै जलाएका थिए । डीएसपी खनालका अनुसार ढकालविरुद्ध कुन कसुरमा कारबाही गर्न अदालतबाट म्याद लिने भन्ने विषयमा सरकारी वकिलसँग परामर्श लिने काम भइरहेको छ । ढकालले तीन/चार सय रुपैयाँमा हड्डी बिक्री गरेको प्रहरीलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण