१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी बेचेको आरोपमा एक पक्राउ

२६ श्रावण २०८२, आईतवार १४:३४

काठमाडौँ | काठमाडौँको पशुपति आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी बेचेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आर्यघाटमा लामो समय काम गरेका घाटे (शव जलाउने व्यक्ति) गणेश ढकाल छन् । प्रहरी वृत्त गौशाला प्रमुख डीएसपी शुकदेव खनालका अनुसार ढकालले शव पूर्णरूपमा नजल्दै केही हड्डीका टुक्रा झिकेको देख्ने मलामीले प्रहरीमा उजुरी गरेपछि अनुसन्धान थालिएको छ । ‘ढकाल अहिले हाम्रो नियन्त्रणमा छन्, उनले हड्डी झिकेर जोगीलाई बिक्री गरेको स्वीकार गरेका छन् , तर, आफ्नो आँखा कमजोर भएकाले कसलाई बिक्री गरेको हो, त्यो ठम्याउन नसकेको बयान दिएका छन् ।’

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–९ का राम शाहीको शव शुक्रबार जलाउन पशुपति आर्यघाटमा लगिएको थियो । शाहीको शव ढकालले नै जलाएका थिए । डीएसपी खनालका अनुसार ढकालविरुद्ध कुन कसुरमा कारबाही गर्न अदालतबाट म्याद लिने भन्ने विषयमा सरकारी वकिलसँग परामर्श लिने काम भइरहेको छ । ढकालले तीन/चार सय रुपैयाँमा हड्डी बिक्री गरेको प्रहरीलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का