सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्र"/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वैदेशिक रोजगारले घरपरिवार तनावग्रस्त

३० भाद्र २०७४, शुक्रबार १५:२९

सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले खुलासा गरेका छन् ।

 

बढैयाताल गाउँपालिकाको मैनापोखरमा ओरेक नेपाल र प्लान इन्टरनेशनलको साझेदारीमा नव निर्वाचित जनप्रतिनिधीहरुसँग  आयोजना गरिएको ‘लैङ्गिक विभेदमा आधारित हिंसा विषयक’ अन्तक्रियामा सहभागी हुँदै यस्तो कुरा औंल्याइएको हो ।

कार्यक्रमका सहभागी प्रत्येक वडाका अध्यक्ष र एक जना महिला जनप्रतिनिधीहरुले मधेसी समुदायमा अझैपनि बालविवाह जस्तो सामाजिक विकृति रहेको बताएका थिए । यसैगरी बढैयाताल गाउँपालिका भारतसँग खुला सिमाना रहेकाले पनि मानव बेचविखनका लागि दलालहरुले प्रयोग गर्ने गरेकोले यस प्रकारका सामाजिक अपराधहरु हुन नदिनका लागि जिम्मेवार भएर लाग्नुपर्ने कुरा औंल्याइएको थियो । विद्यालयमा बालबालिकामाथि हुने हिंसामा कमी नआएकोले सम्बधित निकायहरुले यसमा गम्भीरतापूर्वक सोच्न र परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको थियो । 


यसैबीच समाजमा व्याप्त विविध प्रकारका हिंसाहरु न्यूनीकरण गर्दै सामाजिक न्याय दिलाउनका लागि प्रतिवद्ध रहेको महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतमले हिजो आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । 

कार्यक्रममा समाजमा अपनाइएका परम्परागत हानिकारक अभ्यासहरु तथा पितृसत्तात्मक सोचका कारणले गर्दा पनि विभिन्न स्वरुपका विभेदहरु रहेकोमा यस प्रकारका अवधारणहरु चीर्दै सामाजिक न्यायका लागि समाजमा प्रभावकारी ढंगबाट कसरी काम गर्न सकिन्छ भन्ने सवालमा समेत सहजीकरण गरिएको ओरेक जिल्ला संयोजक विपना योगीले बताउनुभयो । 

सहभागी जनप्रतिनिधीहरुले घरमै पनि आन्तरिक रुपमा बहुआयामिक जिम्मेवारी निर्वाह गर्दा गर्दैै पनि महिलाहरुले सानातिना कुराहरु सहनुपर्छ भन्ने गलत संस्कारका कारणले गर्दा पनि घरपरिवारमा नै नजानिदो पारामा किसिमबाट महिला हिंसा वृद्धि भैरहेको औंल्याएका थिए । 


सहभागी जनप्रतिनिधीहरुले हिंसा र न्यायिक सवालका विषयहरुमा अनविज्ञ रहेकोले यसका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले तालीम तथा अन्तक्रियात्मक कार्यक्रमहरुका माध्यमबाट सुसुचित गराउनुपर्ने धारणा राखेका थिए ।

यसैबीच, हिजो विहान ‘युवा महिलाहरुको आर्थिक सशक्तीकरणमा नीजि क्षेत्रको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा निजी क्षेत्रमा आवद्ध महिला तथा व्यावसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले खासगरी स्थानीय स्तरमा रहेका उद्योग, कलकारखाना, व्यावसायिक फर्महरुमा महिलाहरुलाई सहयोगी कामदारका रुपमा मात्रै राख्ने गरिएको र कुनै कुनै व्यावसायिक प्रतिष्ठानहरुले महिलाहरुलाई काम नै नलगाउने गरेको गुनासो गरेका औंल्याइएको थियो । उपस्थित व्यावसायीहरुले यसका लागि युवा महिलाहरुलाई प्राविधिक सीप र ज्ञान दिएर दक्ष बनाउन सकेमा रोजगारी दिन सकिने प्रतिवद्धता समेत गरेका थिए ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की