१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटियो

१३ भाद्र २०८२, शुक्रबार १२:१४

काठमाडौँ | मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन ।

मृतक स्थानीय नभएर कतै टाढाबाट नरहले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलालाई नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले पानीबाट बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको अवस्थामा शव रहेको चुँडालको भनाइ छ ।

मृतकको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरिसकिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो कि मृत्युको अरु कुनै कारण छ भन्ने विषय थप अनुसन्धानबाट मात्रै यकिन हुने डीएसपी चुँडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का