२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटियो

२०८२, १३ भाद्र शुक्रबार १२:१४

काठमाडौँ | मोरङको बुढीगंगामा नहरले बगाउँदै गरेको अवस्थामा महिलाको शव भेटिएको छ । बुढीगंगा गाउँपालिका–७ मा शुक्रबार बिहान करिब ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले बगाएर ल्याइरहेको अवस्थामा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको हो । तर, मृतकको पहिचान खुल्न सकिरहेको छैन ।

मृतक स्थानीय नभएर कतै टाढाबाट नरहले बगाएर ल्याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । महिलालाई नहरले बगाएर ल्याइरहेको जानकारी पाउनसाथ प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले पानीबाट बाहिर निकालेर हेर्दा महिलाको मृत्यु भइसकेको अवस्थामा शव रहेको चुँडालको भनाइ छ ।

मृतकको पहिचानका लागि सबैतिर हुलिया परिपत्र गरिसकिएको उनले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । महिलाको मृत्यु दुर्घटनामा परेर भएको हो कि मृत्युको अरु कुनै कारण छ भन्ने विषय थप अनुसन्धानबाट मात्रै यकिन हुने डीएसपी चुँडालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश