१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ

१३ भाद्र २०८२, शुक्रबार १२:३७

काठमाडौँ | कैलालीका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ चौराहामा प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का २० वर्षीय नसिव रानासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट ४ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन बरामद भएको र उनीहरूले प्रयोग गरेको से–४–प १७४५ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, टीकापुर नगरपालिका–५ का २५ वर्षीय रवि चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा गरिएको खानतलासीमा १८० मिलिग्राम खैरो हेरोइन र २ ग्राम ८६० मिलिग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी, धनगढी उपमहानगरपालिका–१३ लक्ष्मीनगरमा जाँचका क्रममा कैलालीगाउँका ३२ वर्षीय रामजीवन रानाको साथबाट १६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का