१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध लागूऔषधसहित १४ जना पक्राउ

१४ भाद्र २०८२, शनिबार १६:३६

काठमाडौँ | देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सप्तरीका १९ वर्षीय रञ्जित मेहता डाईजेपाम, प्रोमेथाजिन र बुप्रेनोर्फिन गरी ३४०–३४० एम्पुलसहित पक्राउ परेका छन् । राजबिराजबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीबाट सिन्धुपाल्चोकका २३ वर्षीय सुरज रसाईली ट्रामाडोल १९० ट्याब्लेटसहित पक्राउ परेका छन् । बाँकेको खजुराबाट बर्दियाका २० वर्षीय प्रसान्त चौधरी र गुलरियाका २२ वर्षीय निरज परियार ४०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परे भने सुनसरीको इनरुवाबाट मोरङका २८ वर्षीय हेमराज विक ४ ग्राम ५० मिलिग्राम सोही पदार्थसहित पक्राउ परेका छन्। भोजपुर नगरपालिका–९ बाट रिजन श्रेष्ठ र सनुप राई १५ ग्राम ६५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिकामा छुट्टाछुट्टै घटनामा ३५ वर्षीय बिरबहादुर रावल, ३२ वर्षीय मोहन मल्ल, २३ वर्षीय बिजय विक र २२ वर्षीय प्रदिप राना खैरो हेरोइनजस्तो देखिने विभिन्न परिमाणका पदार्थसहित पक्राउ परेका छन् । यस्तै, धनगढीमै होटल सञ्चालक ३२ वर्षीय राम बोहरा चरेशजस्तो देखिने ५ किलो ६९० ग्राम पदार्थसहित पक्राउ परेका छन् । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ बाट रीता देवी यादव करिब १३८ किलो ७ सय ग्राम गाँजासहित पक्राउ परेकी छन् । त्यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट २६ वर्षीय राम चौधरी ९८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका सबैलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध