प्रभात सुवेदी/ माघ १३, बर्दिया । कुनै गन्तव्यमा बढीरहेका सवारी साधनहरु केही पर पुगेर एक्कासी रोकिए । कुनै व्याक गरेर भने कुनै फनक्क घुमाएर ५० मिटरको दुरीमा फर्केर केही क्षण यात्रामा रहेका मानिसहरुको नजर एउटा अनौठो वनस्पतिमाथि पर्छ । एकोहोरो हेरेको हे¥यै हुन्छन् ! दङ्ग पर्छन् ! अचम्मै मान्छन् ! एक आपसमा खासखुस हुन्छ, कोही हेरेको हे¥यै पर्छन
यस्तो खालको दृश्य केही महिना अघिदेखि महम्मदपुर गाविसको वडा नं. २ को गणेशपुरमा देखिएको हो । यस प्रकारको दृश्य अझै पनि देख्न पाइन्छ । यस वृक्षको वारेमा सवत्र चर्चा परिचर्चा हुने गरेको छ । यस वृक्षको महत्वको बारेमा पनि स्थानीय भन्दा बाहिरका व्यक्तिहरुलाई बढी रहेको छ ।
शुरुमा २ ओटा विरुवा ल्याएर लगाइएकोमा एउटा मात्र बाँचेको र धेरै वर्षपछि मात्र उक्त रुखमा फूल नै नदेखिइकन दुरुस्तै काँक्रा आकारको फल लाग्यो । तुर्लुङ्ग लहरामा झुण्डिएको र झुप्पा झुप्पा फलेको अचम्मैको फल देखेर जो कोहीलाइ पनि अचम्म लाग्नु स्वभविकै हो । स्थानीय भाषामा “बालम खिरा” नाम दिइएको यो फल दुरुस्तै पाकेको काँक्राको स्वरुपमा रहेको छ । तराइमा नै पाइने भएकोले तराइको भाषामा काँक्रालाई खिरा भनिने भएकोले यसको नाम पनि बालम खिरा भएको हुन सक्दछ । तर बालमको अर्थ भने थाहा हुन सकेन । यस प्रजातिको वनस्पतिको सबैले फल नदिने घर मालिक ६५ वर्षीया बासु गिरी बताउनुहुन्छ । केही पर अर्को विरुवा भएपनि सो नफलेको समेत उहाँले जानकारी दिनुभयो । फूल नदेखिने र भूइमा खसेपछि मखमली जस्तै देखिने र यसको फल पथ्थरी, ग्याष्ट्रिक, जन्डिस आदि रोगका लागि अत्यन्तै लाभदायक रहेको कुरा समेत उहाँले बताउँदै हालसम्म कति त त्यसै पनि दिइयो कति भने एउटालाई १ सय रुपैंयामा सम्म बेचिएको बताउनुहुन्छ । यसको प्रयोगबारे अनविज्ञता जनाउँदै श्रीमानले यसको औषधि बनाएर पोकामा बाँधेर राख्ने गर्नुहुन्थ्यो, श्रीमान वितेपछि मैले यसको प्रयोग बारे जानकार व्यक्ति कोही पनि नपाएको उहाँ बताउनुहुन्छ । श्रीमान प्रहरीको असई हुनुहुन्थ्यो यसै साल वित्नुभएकोले पनि यो वर्ष अत्यन्तै बढी फलेको जानकारी दिनुभयो ।
तीन वर्ष अघिदेखि फल्दै आएको र शुरुमा चार, पाँच ओटा फलेकोमा यसपाली मात्र अत्याधिक फलेको जानकारी गराउँदै उहाँ भन्नुहुन्छ, ‘एकदिन यसलाई सर्ब परिवार मिलेर चाख्ने भनी काट्दा त यसको गन्ध अस्पतालमा जसरी औषधिहरुको गन्ध आउँछ त्यस्तै आएको तैपनि सानो–सानो टुक्रा बनाएर खाइयो ।’ मरिसकेको विरुवा टेका लगाएर बँचाइएको रहेछ । श्रीमन नभएपनि यस्तो अमूल्य चिनो दिनुभएकोले यसको संरक्षण कसरी गर्ने भन्ने कुराको चिन्ता रहेको उहाँ बताउनुहुन्छ । यसको विरुवा हुर्काएर संरक्षण र विकास गर्न सक्ने हो भने राम्रो आम्दानीको स्रोत बन्न सक्दछ । गर्न सकेमा बालम खिराको उत्पादन तथा विक्रि गर्ने हो भने मनग्य आम्दानी लिन सक्ने सम्भावना हुन्छ । धेरै मान्छेहरु बाटोमा आउँदा गाडि फर्काएर हेर्ने गरेको फोटो खिचेर लैजाने गरेको र थारु समुदायका व्यक्तिहरुले बालम खिराप्रति बढी आकर्षित भएको बासु गिरी बताउनुुहुन्छ ।
यस प्रकारका स्थानीय जातका उत्पादनहरुको अध्ययन र अनुसन्धान गरी सही रुपमा प्रशोधन तथा प्रयोग गर्न सकिएमा पक्कै पनि यसबाट मनग्ये आर्थिक लाभ लिन सकिने कुरामा कुनै शंका छैन । एक पटक सम्बन्धित निकायले पनि ध्यानपूर्वक सोच्ने हो कि ?