२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अचम्मको फल- बालमखिरा

२०७२, १३ माघ बुधबार ०४:५१

प्रभात सुवेदी/ माघ १३, बर्दिया ।  कुनै गन्तव्यमा बढीरहेका सवारी साधनहरु केही पर पुगेर एक्कासी रोकिए । कुनै व्याक गरेर भने कुनै फनक्क घुमाएर ५० मिटरको दुरीमा फर्केर केही क्षण यात्रामा रहेका मानिसहरुको नजर एउटा अनौठो वनस्पतिमाथि पर्छ । एकोहोरो हेरेको हे¥यै हुन्छन् ! दङ्ग पर्छन् ! अचम्मै मान्छन् ! एक आपसमा खासखुस हुन्छ, कोही हेरेको हे¥यै पर्छन

यस्तो खालको दृश्य केही महिना अघिदेखि महम्मदपुर गाविसको वडा नं. २ को गणेशपुरमा देखिएको हो । यस प्रकारको दृश्य अझै पनि देख्न पाइन्छ । यस वृक्षको वारेमा सवत्र चर्चा परिचर्चा हुने गरेको छ । यस वृक्षको महत्वको बारेमा पनि स्थानीय भन्दा बाहिरका व्यक्तिहरुलाई बढी रहेको छ ।
bardiya -

शुरुमा २ ओटा विरुवा ल्याएर लगाइएकोमा एउटा मात्र बाँचेको र धेरै वर्षपछि मात्र उक्त रुखमा फूल नै नदेखिइकन दुरुस्तै काँक्रा आकारको फल लाग्यो । तुर्लुङ्ग लहरामा झुण्डिएको र झुप्पा झुप्पा फलेको अचम्मैको फल देखेर जो कोहीलाइ पनि अचम्म लाग्नु स्वभविकै हो । स्थानीय भाषामा “बालम खिरा” नाम दिइएको यो फल दुरुस्तै पाकेको काँक्राको स्वरुपमा रहेको छ । तराइमा नै पाइने भएकोले तराइको भाषामा काँक्रालाई खिरा भनिने भएकोले यसको नाम पनि बालम खिरा भएको हुन सक्दछ । तर बालमको अर्थ भने थाहा हुन सकेन । यस प्रजातिको वनस्पतिको सबैले फल नदिने घर मालिक ६५ वर्षीया बासु गिरी बताउनुहुन्छ । केही पर अर्को विरुवा भएपनि सो नफलेको समेत उहाँले जानकारी दिनुभयो । फूल नदेखिने र भूइमा खसेपछि मखमली जस्तै देखिने र यसको फल पथ्थरी, ग्याष्ट्रिक, जन्डिस आदि रोगका लागि अत्यन्तै लाभदायक रहेको कुरा समेत उहाँले बताउँदै हालसम्म कति त त्यसै पनि दिइयो कति भने एउटालाई १ सय रुपैंयामा सम्म बेचिएको बताउनुहुन्छ । यसको प्रयोगबारे अनविज्ञता जनाउँदै श्रीमानले यसको औषधि बनाएर पोकामा बाँधेर राख्ने गर्नुहुन्थ्यो, श्रीमान वितेपछि मैले यसको प्रयोग बारे जानकार व्यक्ति कोही पनि नपाएको उहाँ बताउनुहुन्छ । श्रीमान प्रहरीको असई हुनुहुन्थ्यो यसै साल वित्नुभएकोले पनि यो वर्ष अत्यन्तै बढी फलेको जानकारी दिनुभयो ।
bardiya news

तीन वर्ष अघिदेखि फल्दै आएको र शुरुमा चार, पाँच ओटा फलेकोमा यसपाली मात्र अत्याधिक फलेको जानकारी गराउँदै उहाँ भन्नुहुन्छ, ‘एकदिन यसलाई सर्ब परिवार मिलेर चाख्ने भनी काट्दा त यसको गन्ध अस्पतालमा जसरी औषधिहरुको गन्ध आउँछ त्यस्तै आएको तैपनि सानो–सानो टुक्रा बनाएर खाइयो ।’ मरिसकेको विरुवा टेका लगाएर बँचाइएको रहेछ । श्रीमन नभएपनि यस्तो अमूल्य चिनो दिनुभएकोले यसको संरक्षण कसरी गर्ने भन्ने कुराको चिन्ता रहेको उहाँ बताउनुहुन्छ । यसको विरुवा हुर्काएर संरक्षण र विकास गर्न सक्ने हो भने राम्रो आम्दानीको स्रोत बन्न सक्दछ । गर्न सकेमा बालम खिराको उत्पादन तथा विक्रि गर्ने हो भने मनग्य आम्दानी लिन सक्ने सम्भावना हुन्छ । धेरै मान्छेहरु बाटोमा आउँदा गाडि फर्काएर हेर्ने गरेको फोटो खिचेर लैजाने गरेको र थारु समुदायका व्यक्तिहरुले बालम खिराप्रति बढी आकर्षित भएको बासु गिरी बताउनुुहुन्छ ।

यस प्रकारका स्थानीय जातका उत्पादनहरुको अध्ययन र अनुसन्धान गरी सही रुपमा प्रशोधन तथा प्रयोग गर्न सकिएमा पक्कै पनि यसबाट मनग्ये आर्थिक लाभ लिन सकिने कुरामा कुनै शंका छैन । एक पटक सम्बन्धित निकायले पनि ध्यानपूर्वक सोच्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !