१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

२७ भाद्र २०८२, शुक्रबार १२:५७

काठमाडौँ | ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कफ्र्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ ।

यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् । सडकमा अत्यावश्यक सेवाका अतिरिक्त चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी, निजी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन् ।

चोकचोकमा सेनासहितका सुरक्षा निकायका गस्तीले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेकाले जनजीवन सहज बन्न पुगको हो । आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी कार्यालयबाट सेवा प्रवाह सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

खासगरी काठमाडौँको सहरी इलाकामा बिहान सबेरै दैनिक उपभोग्य सामग्री किनमेलका लागि भीड जस्तै देखिन्थ्यो । व्यवसायीले कालीमाटी, बल्खु, माछापोखरी, लगनखेलगायत क्षेत्रमा पुगेर तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ सङ्कलन गरी बिक्री गरेका थिए ।

आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भवन तथा संरचनाको सरसफाइ, फोहर व्यवस्थापन कार्य तदारुकताका साथ अघि बढेका छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयका कर्मचारी पनि सेवा प्रवाहमा सहजीकरण ल्याउन र दैनिक कामकाज गर्ने वातावरण बनाउन खटिएका छन् ।

सडकमा भेटिएका प्रायःजसोले आन्दोलनको क्षतिको कुरा गरिरहँदा पुरातात्विक महत्त्वको प्रमुख राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार जलेकामा चिन्ता र दुःखेसो पोखेको सुनिन्थ्यिो । आगजनीबाट नष्ट भएको संसद् भवन, सिंहदरबार तथा व्यावसायिक भवनमा भएको क्षति अवलोकन गर्न घुइँचो देखिन्थ्यो ।

आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि सरसफाइको काम भइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव