१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्याग्दीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष

६ आश्विन २०८२, सोमबार ११:३४

काठमाडौँ | म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना भएको छ । स्थलमार्गबाट म्याग्दी भित्रने नाकामा रहेको कालीपुल बसपार्कदेखि म्याग्दीबाट लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन् ।

चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालयले बसपार्कमा रहेको ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।

चाडपर्वमा सर्वसाधारणसँगै मुस्ताङ जाने आउने तीर्थयात्री तथा पर्यटक र यातायात व्यावसायीलाई सहयोग एवम् सहजिकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।

सहायता कक्षमा दसैँ, तिहार र छठ पर्वको अवधीभर नियमित रूपमा सुरक्षाकर्मीको उपस्थित हुनेछन् । चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सर्वसाधारण यात्रुलाई सार्वजनिक यातायातका साधनमार्फत यात्रा गर्दा आइपर्ने समस्या हटाउनका लागि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन गरिने प्रनाउ थापाले बताउनुभयो ।

सहायता कक्षको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले चाडपर्वको समयमा सर्वसाधारणलाई सहज र सुरक्षित रूपमा यात्रा गर्ने व्यवस्था मिलाउन यातायात व्यवसायी र सुरक्षाकर्मीहरूलाई आग्रह गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव